Logo

नायिका क्षेत्रीले खोलिन‘अग्निदहन’को रहस्य



धनराज वास्तविक : काठमाडौं, १९ चैत । नेपाली कथानक चलचित्र‘अग्निदहन’को निर्माणको काम अन्तिम चरणमा पुगेको निमार्ण पक्षले जानकारी दिएको छ ।

‘मान्छे बोक्सि हुन्न कहिल्यै’ राष्ट्रिय जागरणले निमार्ण गरेको चलचित्र ‘अग्निदहन’ सामाजिक जागरणको लागि शिक्षा र चेतना जगाउँने मुल उध्यश्यले बनेको निर्देशक घनश्याम लामिछाने बताउछन्।

यस चलचित्रकी मुख्य कलाकार तुलसी क्षेत्रीले चलचित्र रिलिज नहुँदै केही कुराहरू खोलेकी छिन् ।

१. राष्ट्रले बनाउँनु पर्ने चलचित्र संस्थाले निमार्ण गरेको छ।

२. नारीवादी चलचित्र देखिए पनि यसले लैंगिक असमानता र हिँसालाई ज्वतन्त तरिकाले उठाएको छ ।

३. मैले कथामा आधिरित रहेर असभनय गर्दा कयन पटक रोएकी छु। प्रत्यक्ष भोग्ने मानिसलाई कस्तो हुँदो हो ? कल्पना पनि गर्न सकिदैन । हाम्रो समाज आजको यूगमा पनि पुरानै चिन्तन र सोचले ग्रसित छ ।

४. यो चलचित्र राष्ट्रपतिले उद्घाटन गर्नुहुने छ। यो कार्यले नेपाली समाजलाई चलचित्रले कसरी प्रदर्शन गरेको छ र राज्यका माथिल्ला निकायमा बस्ने मात्रै नभएर स्थानयि स्तरका मानिसको वास्तविकता के छ त्यो आँखाले हेरेर व्यबहारमा लागु गर्नको लागि वातावरण बन्ने मैले विश्वास लिएकी छु ।

५. हाम्रो देशबाट यस कुप्रथाको अन्त्यको सुरुवात गर्नुपर्छ।

उक्त चलचित्रको प्रस्तुतिमा अभियानका अध्यक्ष समेत रहेका कोविदशरण उपाध्याय रहेका छन् भने संरक्षक लगानी कर्ता भुवनेश्वर शर्मा पौडेल र मोहनराज पौडेल रहेका छन् । अनुपमा भण्डारी, प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, दुर्गा न्यौपाने, लक्ष्मण ढुङ्गाना लगायत कलाकारको अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम