Logo

‘चुनावबाट पछि हट्नु राजनीतिक समझदारी होइन’



नेपालगन्ज, १९ चैत । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनका लागि निर्वाचनमा जानुको विकल्प नभएको बताउनुभएको छ ।

पार्टीको कामको सिलसिलामा बाजुरा जाने क्रममा आज नेपालगन्ज विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्वाचन राजनीतिक पक्ष भएको र परिवर्तित राजनीतिक व्यवस्थालाई संस्थागत गर्न तथा स्थायित्व दिन निर्वाचनको विकल्प खोज्न नहुने बताउनुभयो ।

“निर्वाचन लोकतन्त्रको प्राणवायु हो, झट्ट हेर्दा नेता र पार्टीका लागि जस्तो देखिए पनि खासमा निर्वाचन जनताका लागि हो । जनता बलियो भएमात्र लोकतन्त्रले स्थायित्व पाउँछ,” उहाँले भन्नुभयो । स्थानीय निकायको निर्वाचनमा संयुक्त मधेसी मोर्चामा आबद्ध दल पनि सहभागी हुनुको अन्य विकल्प नभएको उहाँको भनाइ थियो ।

“संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद्मा अहिले निर्णयार्थ प्रस्तुत गर्न सकिए पनि स्थानीय तहको निर्वाचनपछि मात्र विधेयकलाई किनारा लगाउन सकिएला, मोर्चाले निर्वाचनबाट पछि हट्नु राजनीतिक समझदारी होइन,” उहाँले भन्नुभयो ।



प्रतिक्रिया दिनुहोस्