Logo

विप्लवका कार्यकर्ताले तीन घन्टासम्म प्रहरीलाई थुने



काठमाडौं २० चैत । ललितपुरको जावलाखेलमा शुक्रबार आयोजित एक कार्यक्रममा सूचना संकलन गर्न गएका प्रहरीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले करिब तीन घन्टा नियन्त्रणमा लिएको खुलासा भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

नेकपाद्धारा आयोजित पार्टीको ब्युरोस्तरीय प्रशिक्षण कार्यक्रममा सूचना संकलन गर्न ललितपुर प्रहरी परिषरका दुई र अपराध महाशाखा ललितपुरका तीन गरी पाँच प्रहरी सादा पोसाकमा खटिएका थिए ।

ती प्रहरीलाई नेकपाका कार्यकर्ताले कार्यक्रम नसकिउन्जेल काठामा थुनेर राखेका थिए । जासुसी गर्न आएको भन्दै प्रहरीप्रति कार्यकर्ता रिसाएका थिए ।



प्रतिक्रिया दिनुहोस्