Logo

कर्माचार्यको १३ औ पुन्यतिथिमा रक्तदाता वृद्धि र रगत व्यवस्थापन सम्बन्धि कार्यक्रम



काठमाण्डौ, २० चैत । नेपाल स्वयंमसेवि रक्तदाता समाज ३३ वडा समितिले अग्रज समाजसेवि समाजका केन्द्रिय अध्यक्ष प्रेम सागर कर्माचार्यका पिता प्रेमपुर्ण कर्माचार्यको १३ औ पुन्यतिथिको अबसरमा रक्तदाता वृद्धि र रगत ब्यबस्थापन सम्बन्धि छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

मैतिदेबी स्थित अल्वट्र इङलिस बोडिङ स्कुलमा भएको कार्यक्रममा ३३ वडाका ३० भन्दा बडि समाजसेवी हरुले भाग लिएका थिए रक्तदाता वृद्धि गर्न सचेतना मुलक कार्यक्रम गर्ने र ३३ वडाका सबै माबि र उच्चमाबिहरुमा रक्तदान सम्बन्धि जनचेतना मुलुक कार्यक्रम लिएर जाने समेत भएको छ ।

सरकारले रगतको मुल्य नलिने भने पनि हाल सम्म कार्यनयन नभएकोमा स्वास्थ मन्त्री गगन थापा लाई ध्यानाकर्षण समेत गर्ने र निसुल्क रगत बिरामी लाई उपलब्ध गराउन पहलगर्ने समेत छलफलले निष्कर्श निकालेको छ ।

सो छ्लफल कार्यक्रममा रक्तदान,रक्तदाता वृद्धि र ब्यबस्थापन सम्बन्धमा रक्तदाता तथा सन्चारकर्मी नेत्र बिक्रम बिमलिले सहभागीहरुलाइ जानकारी गराएका थिए। कार्यक्रममा समाजकी अध्यक्ष राधा श्रेष्ठले समाजले गर्दै आएको कामको जानकारी तथा अध्यक्षता गर्नु भएको थियो । एक मिनेट मौन धारण बाट सुरु भएको छलफलमा सहभागीले आ आफ्नो बिचार समेत राखेका थिए ।

तस्बिर-नेत्र बिमली



प्रतिक्रिया दिनुहोस्