Logo

शर्मा, ढकाल, घर्ती र श्रीसको स्वरमा ‘सुतेको ज्यान पनि जुरुक्कै’ बजारमा



काठमाडौं, २० चैत्र । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रका चिरपरिचित गायक गायिका क्रमश पशुपति शर्मा, राजु ढकाल, देवी घर्ती र जुना श्रीसको स्वरमा ‘सुतेको ज्यान पनि जुरुक्कै’ बोलको गीत बजारमा आएको छ ।

प्राय अरूका गीत तथा संगीतमा आवाज नदिने चर्चित गायक पशुपति शर्माको लय शब्दमा तयार भएको गीतमा अभिनय पनि यिनै चार जना चर्चित पात्रको नै देख्न सकिन्छ ।

कमेडी पारमा तयार पारिएको गीत हेर्दा हेर्दै सकिएको पत्तो पाउन सकिदैन । निक्कै रमाईलो बनेको गायक राजु ढकालले जानकारी दिएका छन्।

मगर्स क्रियशनको प्रस्तुतिमा बजारमा आएको लोक तथा दोहोरी गीतको निर्देशन बब्बु थापा, छायाङ्कन दुर्गा पौडेलको रहेको छ भने सम्पादन प्रविणले गरेका हुन।



प्रतिक्रिया दिनुहोस्