Logo

निर्बाचन भयरहित र शान्तिपूर्ण हुन्छ : प्रजिअ पोख्रेल



नबिन केसी : अर्घाखाँची, २० चैत्र। स्थानियतहको निर्बाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्नको लागि सुरक्षा निकायले आफ्नो तयारीलाई तिब्रता दिएको छ ।

प्रमुख जिल्ला अधिकारी डिल्लीराज प्रोख्रेलले भने “केन्द्रको निर्देशन अनुसार म्यादीप्रहरी छनौटको अन्तिम तयारीमा पुगेका छौँ, बैशाख ३ गतेबाट नेपाली सेना गाउँ गाउँमा क्याम बनाएर बस्दैछ, बैशाख १० गते देखी निर्बाचन केन्द्रमा निर्बाचन अधिकृत सहितको टोली जान्छ।”

भयरहित रुपमा मतदाताहरुलाई मतअधिकार प्रयोग गर्ने वातावरण सिर्जना गर्न आफु लागी परेको भन्दै जिल्लाबासी तथा सरोकारवाला निकायसँग सकारात्मक सहयोगको अपेक्षा राखेको बताए ।

रिपोटर्स क्लब नेपाल अर्घाखाँचीका सभापति राम कुमार क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको साक्षात्कारमा पोख्रेलले भने “ जिल्ला प्रशासन कार्यालयले ईजाजत दिएका हतिहारहरु पनि प्रशासनमा तत्काल फिर्ता गर्न निर्देशन दिएको छ, निर्बाचन शान्तिपुर्णरुपमा समपन्न गर्न सबै आ—आफनो ठाउँबाट लाग्नु पर्दछ ।”

आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले तयारी तिब्र पारेको छ । निर्वाचनका लागि अर्घाखाँचीमा ९३ वटा मतदान स्थल निर्धारण गरिएको छ ।

जिल्लाको ३ वटा नगरपालिका र ३ वटा गाउँपालिका गरि ६ वटा स्थानिय तहमा मतदान स्थल निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश पाण्डेले जानकारी दिए ।

यस अघिको दोश्रो संविधान सभाको निर्वाचनमा जिल्लामा ८५ मतदान स्थल निर्धारण गरिएको थियो ।
भुगोलका आधारमा र थप भएका नगरपालिकाका वडा र गाउँपालिकाका वडाहरुमा पायक पर्ने स्थानमा नयाँ मतदान स्थल निर्धारण गरिएको पाण्डेले बताए ।



प्रतिक्रिया दिनुहोस्