Logo

सहमति जुटाउन प्रधानमन्त्रीले आज पनि छलफल गर्ने



काठमाडौं, २० चैत । संविधान संसोधन र स्थानिय चुनावको लागि राजनीतिक सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले आज पनि शीर्ष नेताहरुसँग छलफल गर्दैछन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ भएको सत्तापक्ष र मधेसी मोर्चाबीचको छलफलले सकारात्मक निष्कर्ष निकालेको भन्दै प्रधानमन्त्री दाहालले आज थप छलफल गरी निष्कर्ष निकाल्ने बताएका हुन् ।

प्रधानमन्त्रीले मधेसी मोर्चाका मागबारे राजनीतिक सहमतिका आधारमा निर्णय गर्ने आश्वासन दिएपछि मोर्चा लगभग सहमति नजिक पुगेका छन् ।मोर्चाका अधिकांश माग पूरा गर्ने वचन दिए पनि बालुवाटार बैठकमा शनिबार कुनै लिखित सहमति भएन ।

बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष कमल थापा अनुपस्थित रहेपछि सहमती हुन नसकेको हो । आजको छलफलपछि सरकारले संविधान संशोधनको प्रस्तावलाई परिमार्जनसहित नयाँ प्रस्ताव दर्ता गरे आगामी २५ गते बस्ने संसद बैठकमा प्रक्रियाका लागि पेश गर्न बाटो खुल्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम