Logo

दक्षिण कोरियाको पानीजहाज बेपत्ता



काठमाडौं,२० चैत। दक्षिण कोरियाको एक मालबाहक पानीजहाज एटलान्टिक महासागरमा बेपत्ता भएको छ ।ब्राजिलबाट सामान बोकी दक्षिण कोरिया जाँदै गरेको पानीजहाजमा २४ जना यात्रु रहेको बुझिएको छ ।

हराइरहेको पानीजहाजका दुई जना भने सकुशल फेला परेका छन् । अन्य २२ जनाको अवस्था अज्ञात छ ।२ लाख ६० हजार टन क्षमता भएको उक्त पानीजहाजमा १६ जना फिलिपिनी र ८ दक्षिण कोरियाली नागरिक रहेको बुझिएको छ । हराईरहेका पानी जहाजको ब्यापक खोजी जारी छ । (एजेन्सी)



प्रतिक्रिया दिनुहोस्