Logo

इंग्लिश प्रिमियर लिगमा चेल्सी पराजित



काठमाडौं, २० चैत । इङ्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको चेल्सी पराजित भएको छ । शनिबार राती भएको खेलमा चेल्सीलाई लण्डन प्रतिद्धन्दी क्रिष्टल प्यालेसले २-१ ले हराएको हो । खेलमा चेल्सीका सेस्क फाब्रिगासले पहिलो गोल गरे ।

तर प्यालेसका बेन्टेके र जाहाले एक एक गोल गरेपछि घरेलु टोली चेल्सी पराजित भएको हो । राती भएको अर्को खेलमा लिभरपुलले एभर्टनलाई ३-१ ले हरायो ।

लिभरपुलको मैदानमा भएको मर्सीसाईड डर्बीमा घरेलु टोलीलाई विजयी गराउन सादियो माने, फिलिप कौटिन्हो र डिभोक ओरीगीले एक एक गोल गरे । एभर्टनका लागि म्याथ्यु पेनीङ्टनले एक गोल फर्काए ।



प्रतिक्रिया दिनुहोस्