Logo

ईंग्लिश प्रिमियर लिगमा टोटनह्याम हट्सपर विजयी



काठमाडौं, २० चैत । प्रिमियर लिग अन्तर्गतकै अर्को खेलमा टोटनह्याम हट्सपरले बर्न्लेलाई २–० ले हराँउदा हल सिटीले वेष्ट ह्याम युनाईटेडलाई २–१ ले हराएको छ ।

त्यस्तै लेष्टर सिटीले स्टोक सिटीलाई २–० ले तथा वाट्फोर्डले सण्डरल्याण्डलाई १(० ले हराएका छन् । साउथह्याम्पटन र बर्नमाउथले भने गोलरहित बराबरी खेलेका छन् ।

रातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा २९ खेलबाट ६९ अंक जोडेको चेल्सी शिर्ष स्थानमा कायमै छ ।
समान खेलबाट ६२ अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो स्थानमा रहँदा एक खेल बढी खेलेको लिभरपुल ६० अंकको साथ तेस्रो स्थानमा छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्