Logo

थापा‘क्यु’निर्देशनमा बनेको‘रुद्रपियारी’लक्ष्मीपूजामा प्रदर्शन



काठमाडौं, २० चैत्र । अभिनेत्री तथा रप्रपाकी नेत्री रेखा थापाको निर्माणमा तयार हुन लागेको नेपाली चलचित्र ‘रुद्रप्रिया’ कार्तिक २ गतेबाट प्रदर्शनी हुनेभएको छ।

लक्ष्मीपूजाको अवसर पारेर चलचित्र रिलिज गरिने भनिएको चलचित्र बैशाख पहिलो साताबाट छायाँकान सुरु हुने भएको छ । ‘रुद्रप्रिया’लाई सुदिप भुषालले निर्देशन गर्नेछन्।

चलचित्रमा रेखा थापा, सुदर्शन थापा र अर्पण थापा मुख्य भूमिकामा रहेका छन्। आफ्ना पुराना चलचित्र भन्दा केहि फरक शौली अपनाएर थापाले चलचित्र निर्माण तयारी गरेकी छिन्। अर्को तर्फ यस चलचित्रलाई थापा ‘क्यु’को निर्देशनमा बनेको चलचित्र पनि भन्ने गरेका छन्।

चलचित्रलाई ‘रुद्रप्रिया’ लाई मोफसलमा एफडी र काठमाण्डौमा गोपाल काजी कास्यथले वितरणको जिम्मा लिएका छन् ।

यस्तै रेखा, वितरक कायस्थ र निर्माता पौडेल मिलेर संयुक्त फिल्म वितरण प्रणालीको पनि सुरुवात गर्ने तयारी थालेका छन् । रेखा पिक्चर्स प्रा।लि मार्फत उनीहरुले अल नेपाल फिल्म वितरण गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्