Logo

सिमांकनबाहेकका विषयमा केही हेरफेर भए हामी प्रस्तावको पक्षमा मत हाल्छौं : राणा



काठमाडौं, २० चैत । सत्तारुढ दल राप्रपा बरिष्ठ नेता पशुपति शमशेर राणाले संविधान संशोधन गरेर मात्र चुनाव हुनुपर्ने बताए । उनले संशोधनमा उल्लेख भएका विषयहरुलाई केही हेरफेर गर्नुपर्ने बताए ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले सिमांकनबाहेक अन्य तीन वटा विषयहरु भाषा, नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्वमा केही सामान्य हेरफेर भए आफ्नो पार्टीलेपनि पनि संशोधन प्रस्तावको प्रक्रियामा भाग लिएर पक्षमा मतदान गर्ने स्पष्ट पारे ।

नेता राणाले संशोधनमा उल्लेख भएका विषयमध्ये नागरिकतामा केही कडाइ गरिनुपर्ने बताउँदै भने,‘नागरिकताको प्रावधान खुकुलो भयो, यसलाई अलिक कडाई गर्नुपर्छ ।’

उनले मुलुकभर अहिले निर्वाचनको पक्षमा माहोल र जनमत बनेकोले जनताको उत्सुकतालाई सबै दलहरुले कदर गर्नुपर्ने बताए । उनले मधेशी मोर्चालाई पनि चुनावमा समेट्नुपर्ने बताउँदै चुनाव दुई चरणमा गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्