Logo

एमालेमा ओइरो, अन्य दलमा पहिरो गएको छ : नेपाल



स्याङ्जा, २० चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता माधवकुमार नेपालले सबै दलहरु चुनावी परीक्षामा भाग लिने आट गर्न आग्रह गरेका छन् ।

नेकपा एमाले भीरकोट नगर कमिटीको बृहत सभालाई सम्वोधन गर्दै नेता नेपालले चुनावी प्रक्रिया भाग लिएर आट गर्न आग्रह गरेका हुन् ।
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा एमालेले आयोजना गरेको बृहत सभामा सम्वोधन गर्न आएका बरिष्ठ नेता नेपालले जसले चुनावी प्रक्रियामा भाग लिने आट गर्दै त्यस्तादलहरु जोगी र सन्यासी बन्न चुनौती दिए ।

जसरी परीक्षामा विद्यार्थीहरुले तयारी गर्छन नेता नेपालले भने, “दलहरु पनि चुनावी प्रतिस्पर्धामा तयारी र चुनावमा भाग दिने आट गर्नुपर्छ ।” स्थानीय तहको निर्वाचन बैशाख ३१ गते नै हुनुपर्नेमा उनले जोड दिए ।

स्थानीय तहको निर्वाचन नजिँकिदै जाँदा एमालेमा प्रवेश गर्नेको लहर नै चलेको बताउँदै उनले भने,“एमालेमा ओइरो अन्य दलमा पहिरो गएको छ यो एमालेलाई दोश नदिनुउ ।” पाटीको आचरण, अप्रजातान्त्रिक शैलि, विदेश सगँको लम्पसार, कार्यकर्ताको शिर निहुराएर होकी कारण खोज्न अन्य दलहरुलाई आग्रह गरे ।

एमाले बाहेक अन्य दलले नेपालीको स्वाभिमान गुमाएको आरोप लगाउदै एमालेले जहिले पनि नेपाली जनताको शिर ठाडो बनाउने काम गरेको नेता नेपालको दाबी थियो ।



प्रतिक्रिया दिनुहोस्