Logo

चुनावमा हामी प्रचण्डसँग सहकार्य गर्दैनौं : बैद्य



नेकपा माओवादी अध्यक्ष मोहन बैद्यले आफ्नो पार्टीले चुनाव लड्ने बताएका छन् । उनले चुनावमा मोर्चा बनाएर जाने स्पष्ट पारेका छन् । चुनावमा जाने तयारी कहाँ पुग्यो भन्ने विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले अध्यक्ष बैद्यसँग गरेको कुराकानीको सम्पादित अंश ः

निर्वाचनमा तपाईको पार्टीलेपनि भाग लिने भयो होईन ?

लिन्छ । मोर्चा बनाएर उपभोग गर्ने भनेका छौँ।

किन भाग लिदैहुनुहुन्छ ? संविधान सभाको चुनावमा भाग लिनु भएको थिएन ?

अब हेर्नुस् । हामीले बहिष्कार र उपभोग गर्दै आएका छौँ। हाम्रा संगठनलाई मजबुद बनाउँदै जाने सोचका छौँ। संघीय गणतन्त्रको संस्थागत गर्नको लागि हामी एक छौँ भनेर देखाउनको लागि पनि हो ।

२०७० सालमा हामी कुनै पनि संसदीय निर्वाचनमा भाग लिदैनाँै भनेर भन्नुभएको थियो नि ?

राजनीतिक कार्यनीति अवस्थामा उपयोग र बहिष्कार गर्ने हो । कुन बेला हामीलाई राम्रो हुन्छ त्यो बेला उपभोग गर्ने हो । अहिलेको परिस्थति फरक छ ।

क्रान्ति गर्न सम्भव छैन्, सत्ता कब्जा गर्न नसकिने स्थिति आउँदा निर्वाचनमा भाग लिन थाल्नु भएको हो ?

होईन त्यसो होईन । बहुदलिय व्यवस्था आईसकेपछि २०४८ सालमा हामीले उपभोग गरेका थियौँ। त्यस पछि २०५४ निर्वाचन बहिष्कार गर्यौँ । यो हाम्रो नौलो अभ्यास होईन। आवश्यकता अनुसार हामी अघि बढेका छौँ ।

संसदीय व्यवस्थालाई स्विकार गर्नुभयो नि?

पटक्कै होईन । निर्वाचनमा भाग लिन नलिने अधिकार मात्रै हो । यसैको आधारमा जनताको सामु जाने हो ।

जनताकोबीचमा जानको लागि अरु कुनै विकल्प भेटाउनु भएन ?

हामी यसलाई स्विकार गछौँ।

सत्ता मुखि बन्न थाल्नुभयो त्यसो भए ?

अब हेर्नुस् । त्यसो होईन भन्नुस न । निर्वाचनमा जादैमा सत्तामुखि भन्न मिल्दैन । पञ्चायतकालमा पनि हामीले निर्वाचनमा भाग लिएका थियौँँ ।

दरबारसँग नेपालका कम्यूनिष्टको सम्बन्ध छ भनिन्छ ?

त्यसो हो भने, हामीले गणतन्त्रको लागि यत्रो आन्दोलन किन गर्दथ्र्यौँ ? तपाईले बुझ्नु भएन हेर्नुस्। हामी समाजवादतिर उन्मुख हुँदैछौैँ भनेर बुझाउनको लागि पनि निर्वाचनमा जान्छौँ।

तपाईको पार्टी मात्रै जनाने हो कि मोर्चाबन्दी गरेर निर्वाचनमा जादै हुनुहुन्छ ?

हामी मोर्चाबन्दी गरेर जाँदैछौँँ ।

माओवादी केन्द्रसँग सहकार्य हुन्छ निर्वाचनमा ?

हुँदैन । विल्कुल हुँदैन ।

विप्लवसँग हुन्छ कि ?

कसैसँग हुँदैन ।

पार्टी एकता सम्भव छ ?

छैन्।

तपाई आजकल वालुवाटारमा खुब जानुहुन्छ नि ?

वालुवाटारमा नजाने भन्ने हुन्छ । जुनसुकै प्रधानमन्त्री भएको बेला म जान्छु ।

प्रचण्डले तपाईलाई राजनीतिक गुरु भनेर सम्बोधन गर्नुहुन्छ नि ?

ठिकै छ । उहाँलाई धन्यवाद छ । निर्वाचनको विषय अरु कसैसँग हाम्रो सहकार्य हुँदैन ।

चुनाव चिन्ह नपाउनु हुने भयो नि ?

यसका बारेमा संघर्ष गछौँ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम