काठमाडौं, २० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवावीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा संविधान संशोधन, निर्वाचन र आईजीपी नियुक्तीवारे छलफल भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति देउवावीच आईजीपी कसलाई बनाउने भन्नेबारेमा साझा मत देखिएको छ । भोलि बस्ने मन्त्रिपरिषदको बैठकमा आईजीपी नियुक्तीको टुँगो लगाउनेबारे दुई नेतावीच सहमति बनेको छ ।
त्यस्तै संविधान संशोधनमा मधेशी मोर्चा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सहमतिमा लिएर स्थानीय तहको निर्वाचनमा जानेबारेपनि कुराकानी भएको स्रातले जनाएको छ । करिब एक घण्टा भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको थियो ।