Logo

बार्सिलोनाद्धारा ला लिगा लिडर रियल मड्रिडमाथिको दबाब



काठमाडौं २१ चैत । बार्सिलोनाले स्पेनिस ला लिगा लिडर रियल मड्रिडमाथिको दबाब कायम गरेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा लियोनल मेस्सी बिना खेलेको बार्सिलोनाले १० खेलाडीमा सीमित भएको ग्रनाडालाई ४–१ ले हराएर रियल मड्रिडसँगको अंक दूरी दुई नै कायम गरेको हो ।

२५ गोल गरिसकेका मेस्सी एक खेलको प्रतिबन्धका कारण यो खेलमा मैदानमा थिएनन् । ४४ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

दोस्रो हाफको सुरुमा बोगाले ग्रनाडाका लागि बराबरी गोल फर्काए । ६४ औं मिनेटमा पाको एल्कासेरले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए ।

८२ औं मिनेटमा हेनरी एग्बो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि ग्रनाडा १० खेलाडीमा सीमित भयो । त्यसको एक मिनेटपछि इभान रेकिटिकले बार्सिलोनाका लागि अर्को गोल थपे ।

इन्जुरी समयमा नेइमारले गोल गरेपछि बार्सिलोना ४–१ ले विजयी भयो । जितपछि दोस्रो स्थानको बार्सिलोनाको २९ खेलबाट ६६ अंक भएको छ । एक खेल कम खेलेको रियल मड्रिडको ६८ अंक छ ।

राति नै भएको खेलमा उपाधि होडमा दबाब दिँदै आएको सेभिल्ला स्पोर्टिङ गिजोनसँग गोल रहित बराबरीमा रोकियो । अर्को खेलमा भ्यालेन्सियाले डिप्रोटिभो डि लाकोरुनालाई ३–० ले हरायो ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम