Logo

नयाँ संशोधन विद्येयकले मोर्चालाई पनि चुनावमा भाग लिने ढोका खुल्यो



काठमाडौं, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ संशोधन विद्येयकले मधेशी मोर्चालाईपनि चुनावमा जानको लागि ढोका खुलेको बताएका छन् ।

उनले संविधान संशोधनको नयाँ प्रस्ताव सबै प्रमुख दलसँगको पर्याप्त छलफलपछि ल्याइएको बताउँदै उक्त प्रस्ताव संसदबाट पारित हुनेमा ढुक्क हुन आग्रह समेत गरे ।

मंगलबार व्यवस्थापिका–संसदको सुशासन समितिको बैठकमा उपस्थित भएका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने,‘सकेसम्म सबैको भावना समेट्नेगरी संविधान संशोधनको दोस्रो विधेयक अघि बढाइएको भन्दै संविधान संशोधनको नयाँ प्रस्ताव सबै दलसँग पर्याप्त छलफल गरेर ल्याएको हुनाले पारित हुने दाबी गरेका हुन्।

विधेयकले मधेसी मोर्चा र संघीय गठवन्धन पनि स्थानीय तहको चुनावमा सहभागी हुने ढोका खोलेको दाबी गर्दै प्रधानमन्त्री दाहालले केही जिल्लामा दोस्रो चरणमा चुनाव गर्नु परे पनि सरकार तयार रहेको बताएका छन्।

प्रधानमन्त्री दाहालले वैशाख ३१ गते हुने स्थानीय तहको चुनाव कुनै पनि हालतमा नसर्ने प्रष्ट पारे । उनले भने,‘मधेसमा पनि स्थानीय तहको संख्या केही बढाउन स्थानीय विकास मन्त्रीको नेतृत्वमा समिति बनाईएको छ। थपिने ठाउँमा केही दिन ढिलो भए पनि ३१ को चुनाव सर्दैन।’

देशभर एकै चरणमा चुनाव गर्न सरकार लागि परेको भन्दै प्रधानमन्त्री दाहालले मोर्चाबाट केही जिल्लामा एक हप्तापछि गर्नुपर्ने अवस्था आए सरकार तयार रहेको जानकारी गराए।



प्रतिक्रिया दिनुहोस्