Logo

राष्ट्रपति भण्डारीको भ्रमण बिशेष सद्भावनाका लागि : भारत



काठमाडौँ,४ वैशाख । राष्ट्रपति बिद्यादेवी भण्डारीको आजदेखि सुरु हुने पाँच दिने भारत भ्रमणलाई भारतले ‘बिशेष सद्भावना भ्रमण’ को संज्ञा दिएको ।

आफ्नो पहिलो बिदेश यात्रामा ३८ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी आज भारत तर्फ प्रस्थान गरिसकेकी छिन् । राष्ट्रपतिको भ्रमणलाई भारतले उच्च महत्व दिँदै बिशेष सदभावना भ्रमण भएको बताएको छ ।

नेपाल र भारत दुबै देशमा राष्ट्रपति कार्यकारी नहुने भएकाले दुईपक्षीय सम्झौतामा हस्ताक्षर हुने छैन । भ्रमणले नेपाल र भारतबीच बिद्यमान सदियौँ पुरानो मैत्रिपूर्ण सम्बन्ध थप बलियो हुने अपेक्षा गरिएको छ ।

राष्ट्रपति नेतृत्वको भ्रमण टोली सोमबार बिहान ११ बजे नेपाल वायु सेवा निगमको विमानबाट नयाँदिल्ली प्रस्थान गरेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्