Logo

कृषि तथा बन विज्ञान विश्वविद्यालयको विशेष बैठक सम्पन्न



काठमाडौं, ५ बैशाख । कृषि तथा बन विज्ञान विश्वविद्यालयको विशेष बैठक मंगलबार काठमाडौंमा सम्पन्न भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले सम्बन्धन लगायतका केही महत्वपूर्ण निर्णय लिएको छ ।

विशेष बैठकले सिन्धुलीको कपिलाकोट, महोत्तरीको बर्दिबास, धनकुटाको पाख्रिबास, गोरखाको च्याङ्ली, स्याङ्जाको चापाकोट र रोल्पाको माडिचौरमा कृषि विषयको आङ्गिक क्याम्पस, कालिकोटको पादमघाट, गोरखाको घ्यालचोकमा कृषि विज्ञान केन्द्र र उदयपुरको कटारीमा बन क्याम्पस सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले शिक्षक, कर्मचारी सेवा नियमावली २०६९ र आर्थिक प्रशासन नियमावली २०६९ मा संशोधन समेत गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो अपेक्षा र रणनीतिक उद्देश्यसहित कृषि तथा बन विज्ञान विश्व विद्यालय स्थापना भएको स्मरण गराउँदै भौतिक व्यवस्थापन र जनशक्ति बिन्यासको अन्यौलले विश्व विद्यालयले गति लिन नसकेको बताउनु भयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘ठूलो अपेक्षा र रणनीतिक महत्वसहित यो विश्व विद्यालय स्थापना गरिएको हो । तर, यस बीचमा हामी भौतिक र जनशक्ति विवादको काममा अल्झियौं, अब समस्या समाधान भएको छ ।

विभिन्न स्थापनामा प्राविधिक कलेजहरुलाई सम्बन्धन दिने निर्णयले विश्व विद्यालयलाई गति दिनेछ । यसले अनुसन्धान, उत्पादन र विकासको क्षेत्रमा ठोस योगदान दिनेछ भन्ने मैले विश्वास लिएको छु ।’



प्रतिक्रिया दिनुहोस्