Logo

सात जना दलित महिला उम्मेदवार निर्विरोध



काठमाडौं २१ बैशाख । वैशाख ३१ गतेको स्थानीय निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ता गराएका मध्ये मकवानपुरका सात जना दलित महिला उम्मेदवार निर्विरोध भएका छन्। मंगलबार एक जनाको मात्र उम्मेदवारी मनोनयन दर्ता भएकाहरु निर्विरोध निर्वाचित भएका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएका छन्।

राक्सिराग गाउँ पालिकामा नेकपा एमालेको तर्फबाट दलित महिला उम्मेदवार कौशिला माया सुनुवार निर्विरोध निर्वाचित हुनु भएको छ। अन्य कसैको उम्मेदवारी नपरेपछि सुनुवार निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन अधिकारी खडानन्द गौतमले जानकारी दिनुभयो।
इन्द्रसरोबर गाउँपालिका १ मा नेपाली काँग्रेसकी ठूलीमाया विश्वकर्मा निर्विरोध भएको निर्वाचन अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो। मकवानपुर गढी १ मा नेपाली काँग्रेसकी ठूलीमाया विश्वकर्मा निर्विरोध भएकी छिन्।

बकैया गाउँपलिका १ मा नेकपा एमालेकी उम्मेदवार लाली माया विश्वकर्मा र बकैया ९ मा एमालेकै शान्त विश्वकर्मा निर्विरोध भएको निर्वाचन अधिकृतको कार्यालय,बकैयाले जनाएको छ।
नेकपा माओवादी केन्द्रका दलित महिला उम्मेदवार बिष्णु माया विश्वकर्मा बाग्मति गाउँपालिका ३ र मनहरी गाउँपालिका ५ मा कमला विश्वकर्मा निर्विरोध भएका माओवादी केन्द्र मकवानपुरका सञ्चार बिभाग प्रमुख कमान सिं पाख्रिनले बताउनुभयो।
कुनै उम्मेदवारमाथि दाबी विरोध परेन
मनोनयन दर्ता गराएका कुनै पनि दलका उम्मेदवारमाथि दाबी विरोध नपरेको मूख्य निर्वाचन अधिकारीको कार्यालय मकवानपुरले जनाएको छ।निर्वाचन कार्यक्रम तालिका अन्तर्गत बुधबार बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय छुट्टाइएको थियो।
उक्त समयमा कुनै पनि उम्मेदवारमाथि उजुरी नपरेको मूख्य निर्वाचन अधिकारी दयाराम ढकालले जानकारी दिनुभयो।



प्रतिक्रिया दिनुहोस्