Logo

देउवासँग पौडेल रुष्ट, वेवास्था नगर्न चेतावनी



काठमाडैं ३० असार । नेपाली कांग्रेसमा सरकार विस्तार लगायतका विषयमा विवाद भएको छ। मन्त्रीहरुको भागबन्डा नमिल्दा कांग्रेसले मन्त्री छान्न सकेको छैन । तर बरिष्ठ नेता रामचन्द्र पौडेलले भने सरकारमा कसलाई पठाउने भन्ने विषयमा पार्टीमा नुकै छलफल नै नभएको दावी गरेका छन् । नेपाली रेडियो नेवटर्कमा अषि धमलासँग कुराकानी गर्दै पौडेलले सभापति एक्लै पढ्न खोजेको बताए । ‘मिडियामा भागबन्डा भनेर आउँछ ।

तर, त्यस्तो होइन । अरु पार्टीसँग पावर सेयरिङ गर्नेबारे सभापतिले नै छलफल गर्नु भएको छैन,’ पौडेलले भने, ‘मन्त्रीमा कुन व्यक्तिलाई कहाँ पठाउने, अरु नीतिगत विषयमा के हुने भन्नेबारेमा केही छलफल भएको छैन । संख्यामा कुरो भएकै छैन । उपयुक्त मान्छे सरकारमा जानुपर्छ भन्नेमा छौं, तर, छलफल नहुँदा समस्या भएको छ ।’ प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै पौडेल पक्ष असन्तुष्ट छ ।



प्रतिक्रिया दिनुहोस्