Logo

सोमबार १ सय ५५ कम्पनीका १ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार



साउन १६, सोमाबार–सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से ९ दशमलब चार एक अंकले बढेर परिसूचक १ हजार ६ सय ५२ दशमलव छ नौ अंकमा पुगेको छ ।

१ सय ५५ कम्पनीका १६ लाख ४८ हजार ३ सय ६२ कित्ता सेयर १ अर्ब ४ करोड १३ लाख ९७ हजार ५ सय २५ रूपैयाँमा कारोबार भएको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ९ दशमलव ४१ अंकले उकालो लागेर १ हजार ६ सय ५२ दशमलव ६९ को बिन्दुमा  बन्द भएको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सेटिभ परिसुचक १ दशमलव ५ शून्य अंकले उकालो लागेर ३ सय ४६ दशमलव ८६ अंकमा पुगेको छ । सोमबार कारोबारमा आएका आठ समूहमध्ये बीमा बाहेकका सबै समूहको परिसुचक उकालो लागेपछि समग्र बजार बढेको हो । सोमबारको कारोबारमा  सबैभन्दा धेरै होटल समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । होटल समुह १ सय ६१ दशमलव २८ अंकले उकालो लागेर २ हजार ५ सय २४ दशमलव ५६ अंकमा बन्द भएको छ ।

त्यसैगरी उत्पादन तथा प्रशोधन समूह ४६ दशमलव शून्य ४, जलविधुत समूह ३१ दशमलव १२ अंक, फाइनान्स समूह १० दशमलव ९ अंक, बैंकिङ समूह ६ दशमलव ७८ अंक, विकास बैंक ५ दशमलव शून्य ४ अंक र अन्य समूह ५ दशमलव २ अंकले  उकालो लागेका छन् । सोमबारको कारोबारमा बीमा समूह ५ दशमलव २१ अंकले ओरालो लागेकोछ । सोमबार सबैभन्दा धेरै सानिमा बैंककोे ४ करोड ५१ लाखभन्दा बढीको शेयर किनबेच भएको छ । त्यसैगरी  नेपाल लाइफ इन्स्योरेन्सको पनि ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा धेरे कमाउनेमा नेसनल माइक्रोफाइनान्स र तारागाउँ रिजेन्सी होटल रहेका छन् । यी कम्पनीले ९ दशमलव ९७ प्रतिशतले बढेको छ  । परिसूचक बढेसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ । आइतबार करिब ९७ करोड रुपैयाँको शेयर किनबेच भएको बजारमा सोमबार १५५ कम्पनीको १ अर्ब ४ करोड १३ लाख ९७ हजार ५२५ रुपैयाँको शेयर खरिदविक्री भछ । सोमबारको कारोबारमा सबैभन्दा बढी कमाउनेमा नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था रहेको छ । गुमाउनेमा भने काबेली विकास बैँकका लगानीकर्ता रहेका छन् ।

सोमबार सबैभन्दा बढी सानीमा बैंकको ४ करोड ५१ लाख ७४ हजार ४ सय ८५ रुपैयाँ बराबरको कारोबार भएको छ ।।

 



प्रतिक्रिया दिनुहोस्