Logo

विदेशमा मृत्यु भए अब सात लाख



काठमाडौं १७ साउन । सरकारले वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका कामदारको क्षतिपूर्ति रकम दोब्बरभन्दा बढीले वृद्धि गरेको छ । यसअघि विदेशमा मृत्यु भएका कामदारको परिवारले ३ लाख रुपैयाँ पाउँदै आएकोमा सो सहयोग रकममा ४ लाख थप गरेर ७ लाख रुपैयाँ पुर्याइएको आजको कारोबार दैनिकमा खबर छ ।

सरकारले वैदेशिक रोजगार नियमावली तेस्रोपटक संशोधन गरेर विगतमा मृतकका परिवारले पाउँदै आएको अधिकतम ३ लाख रुपैयाँबाट ७ लाख पुर्याएको हो ।

संशेधित नयाँ नियम आइतबारबाट लागू गरिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले लामो समयको प्रयासपछि कामदारले पाउँदै आएको क्षतिपूर्ति रकम बढाइएको बताए ।



प्रतिक्रिया दिनुहोस्