प्रहरीमा ३० बर्षे रडाको: एआईजीहरुको अवधि लम्बिने

0
Shares

काठमाडौं २१ असोज । प्रहरीमा ३० बर्षे रडाको: एआईजीहरुको अवधि लम्बिने प्रहरी संगठनभित्र यतिबेला ३० बर्षे सेवा अवधि हटाउने रन्कोले खैलाबैला मच्चिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

गृहमन्त्री जनार्दन शर्मासमेत ३० बर्षे हटाउने विषयमा सकारात्मक देखिएका छन् ।३० बर्षे सेवा अवधि हटाएमा हाल रहेका प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको जागीरे अवधि साढे दुई बर्ष लम्बिनेछ । प्रहरीमा सानो समूह ३० बर्षे सेवा हटाउँदा खुसी देखिए पनि ठूलो समूह भने रोक्नलाई शक्तिकेन्द्र धाउँदै आएको छ ।