निर्वाचन निश्पक्ष गर्ने हो भने मुलुकको प्रशासन निर्वाचन आयोगको मातहातमा हुनुपर्छ : पूर्वप्रधानमन्त्री चन्द

‘निर्वाचन आयोग पनि दरिलो भएन’
काठमाडौं, ४ कार्तिक । पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले निश्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गर्नको लागि निर्वाचन आयोगको मातहत सम्पूर्ण प्रशासन रहनुपर्ने धारणा राखेका थिए ।

शनिबार रिपोर्टर्स क्लब नेपालको देउसी टोलीसँग कुरा गर्दै चन्दले यस्तो बताएका हुन् । उनले थपे,‘ऋषि धमलाजीले जुन अभियान चलाउनुभएको छ, निर्वाचन हुनुपर्छ भन्ने अभियानमा साथ र सहयोग छ, मेरो पूर्ण सहमति छ ।’

यद्धपी उनले आफू अहिले बोल्ने मुडमा नभएको उल्लेख गर्दै थपे,‘म त नबोल्ने पक्षमा हुँ, तर एउटा कुरा के हो भने निर्वाचन भएरमात्रै भएन, स्वतन्त्र हुनुपर्यो, धाँधली हुनुभएन, अहिले हेर्नुहोस् त व्यवस्थापनप्रति कत्रो आलोचना छ।’

उनले निर्वाचन आयोगका मातहातमा मुलुकको गृह प्रशासन तथा सरकारी प्रशासन नरहीकन भएका विगतका निर्वाचनहरुपनि निश्पक्ष नभएको दृष्टान्त पेश गरे । चन्दले थपे,‘विगतका धेरै निर्वाचनहरु निश्पक्ष भएका छैनन् । त्यस्तै निर्वाचन गर्ने हो भने पहिले र अहिलेकोमा कुनै तात्विक फरक हुँदैन। यसको लागि अहिले ढिला भैसक्यो, समस्त प्रशासन निर्वाचन आयोगको मातहतमा हुनुपर्छ, गुप्तचर विभागसहित।’

त्यतिमात्रै नभएर उनले निर्वाचन आयोगको कामकारबाहीप्रति पनि आफ्नो असन्तुष्टि पोखे । उनले भने,‘आयोगमा पनि दरिलो मान्छे हुनुपर्यो, आज एउटा बोल्ने भोलि अर्को बोल्ने हुनुहुँदैन् ।’


Loading...
Loading...

धेरैले पढेको

Loading...