Logo

विश्व सम्पदा सूचिमा परेका क्षेत्रमा सिग्नेचर होलिडेले यात्रा गराउने



३० कात्तिक, काठमाण्डौ । सिग्नेचर होलिडे प्रालिले युनेस्को विश्व सम्पदा सहर बस यात्रा लन्च गर्ने भएको छ । दुई वटा रुटबाट सातवटा विश्व सम्पदा सूचिमा सुचिकृत क्षेत्रमा यात्रा गरिने सिग्नेचर होलिडेले जानकारी दिएको छ ।

यात्रा नोभेम्बर १५ अर्थात कात्तिक ३० गतेदेखि सुरु गरिने जानकारी दिइएको छ ।
यात्राका लागि सुविधाजनक सिट, शुद्ध खानेपानी, एसि र एक जना व्यवसायिक पथप्रदर्शकको व्यवस्था गरिने बताएको छ । दुईवटा रुटको यात्रा छुट्टाछुट्टै गरिने पनि होलिडेले जानकारी दिएको छ ।

यात्राका लागि काठमाण्डौको कालधाराबाट हरेक दिन ८ः४५ बजे प्रस्थान गर्ने र मल्ल होटलमा नौ बजे पुगेर त्यहाबाट पाहुना लिएर प्रस्थान हुने छ ।

दुईवटा रुटमध्ये पहिलो रुट पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ र काठमाण्डौ दरबार स्क्वायरमा हुनेछ । त्यसैगरी दोस्रो रुट पाटन दरबार स्क्वायर, चाँगुनारायण र भक्तपुर दरबार स्क्वायरमा रहेको छ ।

सिग्नेचर होलिडे प्रालि व्यवसायिक तथा विज्ञद्धारा संचालित तथा पर्यटन मन्त्रालयबाट स्विकृत संस्था हो । यसले यात्रा र पर्यटन व्यवसायसँग सम्बन्धित सेवा प्रदान गर्दैै आएको छ ।



प्रतिक्रिया दिनुहोस्