Logo

यस्तो छ नेपालमा विमान दुर्घट्नाको इतिहास



काठमाडौं २९ फागुन । विश्वको धेरै हवाई दुर्घटना हुने मुलुकहरुमा नेपाल पनि पर्छ । एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा एयर ट्राफिक पनि धेरै छ । डाँडाकाँडाले घेरेको राजधानी काठमाडौंमा अवतरण गर्ने क्रममा त कहिले पहाडी डाँडामा ठोकिएर विमान दुर्घटना हुने गरेको छ ।

सोमबार काठमाडौंमा आवतरण गर्ने क्रममा यूएस–बंगलादेश विमान दुर्घटना हुदा ४९ जनाले ज्यान गुमाए। २२ जना घाइते भए। केहीले विमानको झ्याल फोडी हामफालेर आफ्नो ज्यान जोगाए।

त्रासद दुर्घटना मानिने यस्ता एयर क्र्यासहरुमा चालक दल र यात्रुहरु दुवैको ज्यान जाने गरेको छ।

अन्तर्राष्ट्रिय हवाई दुर्घटनाहरु:

नेपाली आकाशमा चारवटा अन्तराष्ट्रिय विमान दुर्घटना भएका छन्।

सन् १९९२ मा दुई वटा विमान दुर्घटना भए। थाइ एयवेजको फलाइट–३११ बैकंकबाट काठ्माडौं आएको विमान ३७ किलोमिटर उत्तरको पहाडको डाँडामा ठोक्किदा जुलाइ ३१ तारिखका दिन दुर्घटना हुदा चालक दलका १४ सदस्य सहित ९९ जना यात्रुको मृत्यु भएको थियो।

२८ सेप्टेम्बर,१९९२मा पाकिस्तान एयरलाइन्सको फ्लाइट–२६८ त्रिभुवन विमानस्थानमा अवतरणका क्रममा दुर्घटना हुदा एक सय ६७ जनाको ज्यान गएको थियो।

२ सय २४ यात्रु बोकेको टर्किस एयरलाइन्सको विमान २०१५ मार्चमा त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भयो। दुर्घटनामा कुनै मानवीय क्षति नभएपनि विमान भने कामै नलाग्ने गरी ठूलो क्षति भयो।

२०१८ मार्च १२ तारिखका दिन यूएस–बंगलाको विमान त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुदा ४९ जनाको ज्यान गएको थियो।

घरेलु विमानमा दुर्घट्नाहरु:
२७ जुलाई सन् २००० मा रोयल नेपाल एयरलाइन्सको डिएचसी–६ ट्विनअटर विमान दुर्घटना भयो। बझाङबाट डडेलधुरा जानेक्रममा दुर्घटना हुँदा चालक दलका तीन सदस्य सहित २५ जनाले ज्यान गुमाए।

२२ अगस्ट २००२ मा संग्रिला एयरको डीएचसी–६ ट्विनअटर विमान पोखरामा दुर्घटना हुँदा चालक दलका तीन सदस्यसहित १८ जनाको ज्यानको गयो। उक्त दुर्घटनामा १३ जना जर्मनी, १ अमेरिकी र ब्रिटिश नागरिकको ज्यान गएको थियो।

काठमाडौँबाट लुक्ला जाने क्रममा यति एयरलायन्सको डिएचसी६–३०९डी ट्विनअटर विमान २५ मे २००४मा दुर्घटना भयो। लाम्जुरा पहाडमा खराब मौसमका कारण विमान ठोक्किदा चालक दलका तीन सदस्यको मृत्यु भयो।

सीता एयरवेजको डोर्नियर–२२८ विमान लुक्ला विमानस्थलमा आवतरणका क्रममा १ अक्टोबर २००४ मा दुर्घटनाग्रस्त बन्यो।
लुक्ला विमानस्थलको धावनमार्गमा गोरखा एयरलाईन्सको डोर्नियर–२२० विमान ३० जुन २००५ मा धस्सिएर दुर्घटना भयो। दुर्घटना कसैको ज्यान नगएपनि चालक दलका तीन र त्यसमा सवार नौ जना यात्रु घाइते बने।

२१ जुन २००६ मा यति एयरलाइन्सको डिएच–६ ट्विनअटर जुम्ला एयरपोर्टमा आवतरण क्रममा दुर्घटना भयो। दुर्घटनामा चालक दलका तीन सदस्य सहित ९ जनाले ज्यान गुमाएका थिए। अवतरण कै क्रममा यति एयरलाइन्सको विमान सन् २००८ अक्टोबर ८ तारिखका दिन भयो। दुर्घटनामा १८ जनाले ज्यान गुमाए।

सन् २०१० मा तीन ठूला दुर्घटना भए। १९ अप्रिलमा नेपाल एयरलाइन्सको विमान डिएचसी–६ ट्विनअटर–३०० विमान उडान भर्ने क्रममा दुर्घटनामा पर्‍यो। अगष्ट २४ मा अग्नी एयरको विमान मकवानपुरमा दुर्घटना हुँदा विमानमा सवार १४ जनाको ज्यान गयो। दुर्घटनामा ६ जना विदेशी नागरिकको मृत्यु भएको थियो। डिसेम्बर १५ तारिखका दिन लामिडाडाँबाट काठमाडौं आउँदै गरेको तारा एयरको डीएचसी–६ ट्विनअटर विमान ओखलढुंगाको मानेडाडाँमा ठोक्किदा चालक दलका ३ सदस्य सहित २२ जनाले ज्यान गुमाए।
२५ सेप्टेम्बर २०११मा ललितपुरको विशंखु नारायणमा बुद्ध एयरको विमान दुर्घटना हुदा १९ जना ज्यान गयो।

२०१२ को मे १४ मा अग्नी एयरको डोर्नियर–२२८ विमान पोखराबाट जोमसोन जानेक्रममा विमानस्थल नजिकैको डाँडामा ठोक्किएर दुर्घटनामा हुँदा चालक दलका दुई सदस्य सहित १५ जनाको ज्यान गएको थियो। दुर्घटनामा चालक दलका एक सदस्य सहित ५ जनाको ज्यान बचेको थियो। सोही वर्षको सेप्टेम्बर २८ मा सिता एयरको नाइन एन–एएचए डोर्नियर विमान भक्तपुरको मनोहरा किनारमा खस्दा विमानमा रहेका सबै १९ जनाको मृत्यु भयो।

१६ मे २०१३ मा नेपाल बायुसेवा निगमको ९ एन– एबीओ विमान जोमसोम विमानस्थलमा दुर्घटना हुँदा ७ जनो सिकिस्त भए, १५ सामान्य घाइते।
१६ फ्रबूअरी २०१४ मा काठमाडौँबाट जुम्लाका लागि उडेको नेपाल वायु सेवा निगमको ९ एन एबीबी ट्विनअटर विमान अर्घाखाँचीको खिदिममा दुर्घटना भयो। चालक दलका ३ सदस्य, १ बालकसहित १५ यात्रु गरी १८ जनाको ज्यान गएको थियो।

भुकम्प पीडितहरुका लागि सामग्री लिएर गएको अमेरिकी हेलिकप्टर सिन्धुपाल्चोकमा १२ मे २०१५ मा दुर्घटना भयो। ११ जनाले ज्यान गुमाए।

२४ फ्रेबूअरी २०१६ मा तारा एयरको फ्लाइट–१९३ दुर्घटना हुँदा चालक दलका ३ सदस्य, दुई बालकसहित २३ जनाको मृत्यु भयो। सोही वर्षको अगस्टमा सुत्केरी सहित शिशु बोकेको फिसटेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना हुँदा पाइलट सहित ७ जनाको ज्यान गयो।
२४ सेप्टेम्बर २०१६मा यति एयरलाइन्सको फ्लाइट–८९३ गौतम बुद्ध एयरर्पोटको रनवेमा सामान्य दुर्घटना भयो। प्लेनमा सवार २९ यात्रु सहित चालक दलका तीन सदस्य सकुशल रहे।  कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्