महानगरमा मेयर शाक्यले एमालेवाद लादेर जनमतको दुरुपयोग गरे : जोशी
काठमाडौं, १७ जेठ । काठमाडौं महानगरपालिकाकी उप–मेयर हरिप्रभा खड्गी श्रेष्ठले आफ्नै अडानका कारण रानीपोखरीको निर्माण पुरानै कौशलताको आधारमा हुने बताएकी छन् ।
रिपोर्टर्स क्लब नेपालमा आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा आफुले गरेका कार्य प्रगतिहरु सार्वजनिक गर्नको लागि आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएकी हुन ।
उनले भनिन्,‘मलाई विश्वास गरेर मत दिनुहुने र नदिने सबैलाई धन्यवाद छ, तपाईले दिएको जिम्मेवारी महानगरको दोस्रो पदमा रहेर जति गर्नसकें त्यसको बारेमा जानकारी गराउनको लागि पत्रकार सम्मेलन गरेकी हुँ ।’

रानपोखरीको निर्माण पुरानै शैलीमा गर्नुपर्छ भनेर आफू निरन्तर लागेकोले त्यो काम सफल भएको उनको दाबी छ । उनले थपिन्,‘त्यस्तै धरहराको निर्माणका बारेमा धेरै कुराहरु उठिरहेका छन्, धरहरा वरिपरि मःम पसल र धरहराको काउण्टरमा साडी पसल राखिएको रहेछ, त्यो सबै मेरै पहलमा भत्काईएको छ, धरहरा निर्माणको लागि तत्काल पहल चाल्नुपर्नेमा म छु, सरकार पनि लागिरहेको छ ।’
उनले कामपा महानगरलाई वितेको एक वर्षमा गरेका केही प्रयत्नका रुपमा ९ बुँदामा प्रस्तुत गरेकी थिईन । महानगरलाई सुशासनयूक्त बनाउने प्रयास, रानीपोखरीको निर्माण, धरहराको उचित संरक्षण, नेपाली सेनाले निर्माण गरेको महाङकाल लगायतका स्थानहरुमा बनेका भवनहरुको नक्सा पास, विभिन्न समितिहरु निर्माण लगायतका योजनाहरु कार्यान्वयन गरेको जानकारी गराईन् ।
प्रेश विज्ञप्ति
आदरणीय महानगरवासी दिदी वहिनी तथा दाजुभाइहरु,
पत्रकार मित्रहरु,
डेढ दशकको रिक्तता तोड्दै महानगरपालिकामा राजनैतिक नेतृत्व पुनस्स्थापित भएको आज एक वर्ष पूरा भएको छ । यो अवसरमा म देशको राजनीतिलाई आजको आशालाग्दो विन्दुसम्म ल्याइ पु(याउन समयक्रममा महत्वपूर्ण योगदान दिनुहुने नेपालका सबै राजनेता तथा शिखर पुरुषहरुलाई सम्मानपूर्वक सम्झन चाहन्छु ।
राजनीतिक परिवर्तनका लागि जीवन न्यौछावर गरेका महान शहीदहरु प्रति श्रद्धापूर्वक नमन गर्दै उहाँहरुको जीवन समर्पणको अग्लो गाथाले आजको नेपाली जन(समाजलाई लोकतन्त्रको सम्वर्द्धन गर्दै मानव अधिकारयुक्त न्यायपूर्ण एवं विवेकशील मानव समाज निर्माणको राष्ट्रिय सङ्कल्प पूरा गर्न सदैव अभिप्रेरित गरिरहने छ भन्ने अटुट विश्वास व्यक्त गर्न चाहन्छु ।
एक वर्ष अघि २०७४ साल वैशाख ३१ गते भएको निर्वाचनमा मलाई काठमाडौं महानगरपालिकाको उपप्रमुख पदमा निर्वा्चित गरी यहाँका महान परिवर्तनकामी जनताको सेवा गर्ने अवसर प्रदान गर्नु भएकोमा महानगरवासी दिदी बहिनी तथा दाजुभाइहरुमा हार्दिक कृतज्ञता प्रकट गर्दै नेपाली संस्कृति, सभ्यता र संस्कारको अनुपम र खुला संग्रहालयका रहेको राजधानी शहरको समयोचित विकासमा समर्पित रही रहने वचनवद्धता प्रकट गर्न चाहन्छु ।
आदरणीय पत्रकार मित्रहरु,
काठमाडौं महानगरपालिकामा उपप्रमुखका रुपमा वहाली गरी औपचारिक रुपमा कार्यारम्भ गरिएको आज एक वर्ष पूरा भएको छ । यसबीच महानगरवासी दिदी बहिनी तथा दाजुभाइहरुले जुन विश्वास र भरोसाका साथ मलाई उपप्रमुखका रुपमा निर्वा्चित गर्नु भएको थियो त्यसको पूरापूर हेक्का राखी महानगरपालिकाको सर्वा्ङ्गिण विकासमा आफूलाई समर्पित गर्दै आएको छु तापनि अपेक्षित परिणाम प्राप्त हुन सकेको छैन । हामीले अवलम्बन गरेको स्थानीय तहको शासन प्रणालीमा प्रारम्भमै केही कमजोरीहरु देखिन पुगेको छ, जसको विवेकसम्मत समाधान विना स्थानीय तहका सम्पूर्ण जनप्रतिनिधिहरुको सामुहिक सामर्थ्यलाई नगर निर्माणमा उपयोग गर्ने परिस्थिति बनाउनु कठिन देखिएको छ । काठमाडौं महानगरपालिकाकै कुरा गर्ने हो भने पनि महानगरपालिकाका निर्वा्चित प्रत्येक जनप्रतिनिधिलाई यथोचित जिम्मेवारी प्रदान गरी महानगर निर्माणमा सबैको भूमिकाको खोजी गर्नु ढिलो भैसकेको छ ।
जनप्रतिनिधिहरु बीच आपसी समन्वय र भरोसायुक्त सहकार्यको अभाव, महानगर सञ्चालनमा नीतिगत प्रष्टताको अभाव, जनप्रतिनिधिहरु बीच जिम्मेवारी बाँडफाँडमा अस्पष्टता जस्ता प्रतिकुल परिस्थितिका बाबजुद पनि निर्वा्चित उपप्रमुखका हैसियतले मैले वितेको एक वर्षमा महानगरपालिकालाई सकारात्मक मार्ग तर्फ यात्रारत तुल्याउन केही प्रयत्नहरु गरेको छु, जसलाई बुँदागत रुपमा देहाय बमोजिम उल्लेख गर्न चाहन्छु :
१) पटक पटकका कार्यपालिका बैठकमा महानगरभित्र सुशासन कायम गरी जनमैत्रीयुक्त कार्य वातावरण निर्माण गर्न विषयगत एजेण्डा पेश गरी नगर कार्यपालिकालाई त्यस तर्फ उन्मुख रहन दिशाबोध गराउदै आएको छु ।
२) महानगर प्रशासनलाई भ्रष्टाचारमुक्त तुल्याउन तथा नतिजामूलक कार्य प्रणालीको अवलम्बन र अभ्यासका लागि आवश्यक नीतिगत प्रवन्ध गर्ने तथा प्रविधिमा आधारित कार्य प्रणाली विकास गरी महानगरपालिकालाई नागरिकमैत्री नगर सरकारका रुपमा विकास गर्न उपयुक्त नीति तथा योजना तर्जुमा गरी अघि बढ्ने मामलामा भगिरथ प्रयत्न गर्दै आएको छु ।
३) रानीपोखरी पुनःनिर्माण सम्बन्धमा उपयुक्त दृष्टिकोण अवलम्बन गर्न महानगरपालिका कार्यालयलाई अभिप्रेरित गरी पुनस् निर्माण कार्यमा भएको अनिश्चितता हटाउन प्रभावकारी भूमिका निर्वाह गरिएको छ ।
४) धरहराको उचित संरक्षण र विकासका लागि आवश्यक कार्य गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको छु ।
५) नेपाली सेनाले महाङ्काल लगायतका स्थानमा भवन निर्माण गर्नु पूर्व भवन निर्माण इजाजत लिनुपर्नेमा त्यस्तो गरिएको नपाइएबाट सम्बन्धित अधिकारीहरुसँगको समन्वयमा समस्या समाधानको प्रयास गरिएको छ ।
६) थुप्रै कठिनाइका बाबजुद कानुन बमोजिम उपप्रमुखको नेतृत्वमा रहने न्यायिक समिति, स्थानीय राजश्व परामर्श समिति, बजेट तथा कार्यक्रम तर्जुमा समितिलाई कृयाशिल तुल्याइ सञ्चालनमा ल्याइएको छ ।
७) स्थानीय जनताका मागका आधारमा विकास योजना स्वीकृत गराई सञ्चालनमा ल्याउन समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छू ।
८) काठमाडौं महानगरपालिका वडा नं. १३ ताहाचल स्थित …….. का स्थानीय जनताको मागका आधारमा अनावश्यक ठानिएको जि एल डी बाटो हटाई स्थानीय जनतामाझ विद्यमान भयपूर्ण वातावरण अन्त्य गरिएको छ ।
पत्रकार मित्रहरु,
एक वर्षको अवधिमा सम्पादन गरिएका वा गर्न प्रयत्न गरिएका केही कामहरुका बारेमा माथि उल्लेख गरिसके पछि यस बीच देखे भोगेका केही तिता अनुभवहरु पनि यहाँहरु समक्ष राख्नु मैले आफ्नो कर्तव्य ठानेको छु ।
१) निर्वा्चित भई कार्यारम्भ गरिएको वर्ष्दिन पुग्न लागि सक्दा पनि राजधानी शहरको योजनावद्ध विकासका लागि प्रारम्भिक प्रयास समेत हुन सकेको छैन जसका कारण अन्यौलपूर्ण अवस्था सिर्जना हुन पुगेको छ ।
२) कार्यपालिका भित्र व्यापक छलफल र सहमतिमा निर्णय गर्ने परिपाटी विकास गरी अवलम्बन र अभ्यास गर्ने परिस्थिति निर्माण गर्न सकिएको छैन ।
३) नेपालको संबिधान र मौजुदा कानुनले स्थानीय तहको शासन प्रकृयामा पक्ष प्रतिपक्षको परिकल्पना गरेको छैन । जुनसुकै राजनीतिक दलबाट निर्वा्चित भए पनि सबै जनप्रतिनिधिहरु स्थानीय शासन र विकासका लागि आ(आफ्नो पदीय हैसियतमा रहेर सामुहिक जिम्मेवारीका साथ कार्य गर्ने वातावरण बनाउनु संस्थाको नेतृत्वकर्ताको परम कर्तव्य हुन आउँछ तापनि सम्बन्धित पक्षबाट यो कर्तव्य पालनामा उदासिनता देखाउदै आइएको छ । यसले आपसी समन्वयको सरल विषयलाई पनि यदाकदा पेचिलो बनाउने गरेको छ ।
४) नागरिकको गुनासो सुन्ने तथा गुनासो व्यवस्थापन गर्ने प्रभावकारी प्रणाली विकास नगर्दा जनताका समस्याले समयमै निकास पाउने वातावरण बन्न सकेको छैन ।
५) अनुगमन र मुल्याङ्कनको सन्तुलित प्रणाली विकास गरी महानगरपालिका कार्यालयको काम कारवाहीमा जवाफदेहिता र जिम्मेवारी बढाउने पद्दति विकास गरी लागु गर्न सकिएको छैन ।
अन्त्यमा, कार्यकालको आरम्भ वर्षमा देखा परेको अन्यौलपूर्ण अवस्था र भोग्नु परेका यावत समस्या समाधानका लागि आफ्ना तर्फबाट गरिएका प्रयत्नहरु जारी राख्दै महानगरको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा नुतन अवधारणाहरु अवलम्बन गर्दै यो राजधानी शहरलाई विश्व स्तरीय बस्न लायक आधुनिक शहरमा रुपान्तरण गर्ने कार्यमा उपप्रमुखको तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउन चाहन्छु र हाम्रो आमन्त्रणलाई स्वीकार गरी यो पत्रकार सम्मेलनमा आइदिनु भएकोमा सबै पत्रकार मित्रहरुलाई धन्यवाद दिंदै महानगर निर्माणको हाम्रो अभियानमा सकारात्मक एवं सिर्जनात्मक टिप्पणी गरिदिएर सहयोग पु(याउनु हुन हार्दिक अनुरोध गर्दछु । जयनेपाल ।
हरिप्रभा खड्गी श्रेष्ठ
उपप्रमुख
काठमाडौं महानगरपालिका
२०७५ साल जेष्ठ १७ गते विहिवार, काठमाडौं ।
त्यस्तै कार्यक्रममा काठमाडौं महानगरपालिकाका लागि नेपाली कांग्रेसबाट मेयरका प्रतिष्पर्धी बनेका राजुराज जोशीले नगर प्रमुख विद्यासुन्दर शाक्यले एमालेवाद लादेर जनतमतको दुरुपयोग गरेको आरोप लगाएका छन् ।
निर्वाचनमा हारेता पनि आफुले पाएको जनमतको आधारमा आफ्ना सुझावहरु निरन्तर दिएको तर मेयर शाक्यले नसुनेको गुनासो पोखे ।
उनले भने,‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा देखाएको एकलौटी रवैयाले प्रष्ट हुन्छ, उहाँले काम गर्न सक्नुभएन, उहाँसँग जनताले गरेको अपेक्षा कुनैपनि पूरा हुने मैले देखेको छैन्, सपार्ने भन्दा बढि बिगार्ने र विवादमा आउने काममात्रै गर्नुभएको छ, सय दिनका सय कामको सबैभन्दा बढि आलोचना खेप्नुभएको कुरा सबैलाई जानकारी नै छ ।’
मेयर शाक्यले राजनीतिक आग्रहका आधारमा एकपक्षिय निर्णय गरेको पनि उनको आरोप छ । ‘ राजधानी शहर बनाउने चुनावी नारा आश्वासनमै सिमित भएको छ, सम्पदाहरुको संरक्षणको नाममा मास्ने काम गर्नुभएको छ, समाज कल्याण हाम्रो दायित्व, सक्षम युवा उत्कृष्ट खेलकुद, उपयुक्त रोजगारी, हाम्रो जिम्मेवारी, जनउपयोगी शिक्षा सक्षम नागरिक, स्वस्थ महानगरजस्ता आकर्षण नारा दिएर निर्वाचित हुनुभएको हो, तर आजको दिनमा यी सबै कुराहरु भुलिसक्नुभएको छ ।’–उनले भने ।
आफू हारेको नेता भएको उल्लेख गर्दै उनले भने,‘म हारेर आराम गर्दै बसेको छैन, निरन्तर जनताका अधिकार र आवश्यकताहरु पूरा भए कि भएनन् भनेर बुझिरहेको हुन्छु, उहाँले भूकम्पपछिको पुर्ननिर्माणको कार्यलाई जसरी अघि बढाउनुपथ्र्यो त्यो काम गर्नु सक्नुभएको छैन्, यस्ता धेरै कुराहरुलाई मुर्त रुप दिनको लागि मेयर शाक्यलाई फेरी पनि आग्रह गर्दछु, आफ्नो पार्टीको आडमा जनतालाई दुःख दिन मिल्दैन, चुनावमा प्रतिबद्धता गरेको अनुसार काम गर्नुहोस्।’




प्रतिक्रिया