तीन महिनाभित्र सिद्धबाबा सडकखण्डको काम सुरु हुन्छ : मन्त्री महासेठ


पाल्पा, २३ जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डको स्थलगत अवलोकन गरेसँगै उक्त सडक खण्डको अवस्था तत्काल सुधार गर्न निर्देशन दिएका छन् ।

आज सिद्धार्थ राजमार्गको सिद्धबाबा मन्दिर आसपासको क्षेत्र पुगेर मन्त्री महासेठले सरकार सडकको एम्बुस हेरेर बस्न नसक्ने बताएका हुन् ।

मन्त्री महासेठले भने,‘सिद्धबाबा सडकखण्ड एम्बुसजस्तै भएको रहेछ। सुरुङ्गमार्ग वा पहाड काट्ने मध्ये राम्रो विकल्प रोज्नेछौं, एम्बुसबाट बचाउनको लागि प्राविधिकको सल्लाहमा तीन महिनाभित्र काम सुरु हुन्छ।’

उक्त सडक खडक खण्डको स्थलगत निर्देशनमा नेकपाका नेता एवम् सांसद सोमप्रसाद पाण्डे समेत पुगेका थिए ।