३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा समातिए अर्का व्यक्ति, गोरेका सहयोगि तिवारीविरुद्ध मुद्दा

असार ६, काठमाण्डौ । संगठित सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले ब्यापारी विमल पोदारलाई पक्राउ गरेको छ । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गर्न सरकारले गठन गरेको विशेष छानविन समिति र प्रहरीको संयुक्त टोलीले व्यापारी पोदारलाई राजधानीको डिल्लीबजारबाट पक्राउ गरेको हो ।

पोदारलाई बा ८ च ७७१३ नम्बरको स्कोडा गाडीसहित नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले बतायो । पोदरको गृह मन्त्रालयमा वयान लिने काम भइरहेको छ ।

त्यसैगरी यही घटनाका मुख्य आरोपित गोरे भनिने चुडामणि उप्रेतीका सहयोगी राम तिवारीको पनि संलग्नता भेटिएको छ । तिवारीलाई पनि संगठित अपराध मुद्दा चलाउन सरकारले गठन गरेको बिशेष अनुसन्धान समितिले जिल्ला प्रहरी कार्यालय मोरङ पठाएको छ ।

सम्बन्धित समाचार :

साढे ३३ किलो सुन तस्करी : काठमाडौँका तीन सुन पसलमा छापा

३३ किलो सुन तस्करीका मुख्य नाइके ‘गोरे’ पक्राउ

३३ किलो सुन तस्करी : अभियुक्तको बचाउमा बहस

साँढे ३३ किलो सुन तस्करी काण्ड : पूर्व आईजीपी प्रकाश अर्यालपनि मुछिए

सुन तस्करीमा ठूला माछा पनि पक्राउ पर्ने’ : गृहमन्त्री थापा

दक्षिण कोरियाबाट नेपाल फर्कने क्रममा तिवारीलाई २ साताअघि अध्यागमन विभागका कर्मचारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिई छानविन समितिलाई बुझाएका थिए । अनुसन्धानका क्रममा सााढे ३३ किलो सुन तस्करी समुहमा तिवारी पनि आबद्ध देखिएपछि उनी विरुद्ध समेत मुद्दा चलाउने निर्णय भएको हो ।

अपराध महाशाखका तत्कालीन डीएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल र गोरेबीच भएको टेलिफोन कुराकानीमा समेत तिवारीको नाम उल्लेख थियो । तिवारी, गोरेलाई प्रहरीदेखि अदालतसम्म मान्छे चिनाउने विचौलीया रहेको अनुसन्धान समितिको दाबी छ ।

६३ जनाविरुद्ध मुद्दा दर्तापछि फक्राउ परेका तिवारीसहित अन्य ६ जनाबारे जिल्ला प्रहरी कार्यालय मोरङले समेत सुक्ष्म अनुसन्धान गरिरहेको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...