दबाबमा ब्राजिल, रोक्ला त कोस्टारिकाले ? नाइजेरिया–आइसल्याण्ड र सर्बिया–स्वीटजरल्यान्डको परीक्षा पनि आजै

असार ८, काठमाण्डौ । रसिया विश्वकपको उपाधि दाबेदारमध्ये एक ब्राजिलले आज आफ्नो दोस्रो खेलमा कोस्टारिकासँग खेल्दैछ ।

प्रतियोगितामा पहिलो खेलमा स्वीस टोलीसँग बराबरी खेल्दै अंक बाँडेको ब्राजिल खाजको खेलमा जित्नै पर्ने दबाबमा छ ।

तर अघिल्लो खेलमा ब्राजिलका नेमारलाई धेरै फल हानिएको थियो । उनी अहिले पूर्ण फिट छैनन्, जसले गर्दा आजको खेल खेल्ने वा नखेल्न निश्चित छैन ।

उनले ३ दिनअघि ब्राजिलको ट्रेनिङ सेसन छाडेका थिए । यस्तै डिफेण्डर ड्यानिलो चोटका कारण नखेल्ने र उनको स्थानमा फागनरले खेल्ने सम्भावना छ ।

पहिलो खेलमा १ अंक मात्र जोडेको ब्राजिल समूह इ मा कोस्टारिका विरुद्ध दोस्रो खेल खेल्दा जितको खोजीमा हुनेछ । यी दुईबीच खेल साँझ ५ ४५ बजे सेन्ट पिटर्सवर्गमा हुनेछ ।

अहिलेसम्मको सबै २० वटा विश्वकप खेलेको र विश्वकपको सदाबाहर दाबेदार कोस्टारिका विरुद्धको खेल् जित्दै अन्तिम १६ को यात्रा सहज बनाउने दाउमा हुनेछ ।

ब्राजिल र कोस्टारिका यसअघि १० पटक भिडेको मा ब्राजिल ९ पटक विजयी भएको छ । यस्तै कोस्टारिकाले दक्षिण अमेरिकी राष्ट्रलाई अहिलेसम्म विश्वकपमा एकपटक मात्र पराजित गरेको छ ।

विश्वकप फुटबल अन्तरगत आजै समुह डि र समुह इका दूइवटा खेल हुँदैछन् । पहिलो खेलमा नाइजेरियाले आइसल्याण्डको सामना गर्दैछ भने दोस्रो खेलमा सर्बिया बिरुद्ध स्वीटजरल्यान्ड भिडदै छन् ।

सम्बन्धित समाचार:

ब्राजिलले विश्वकप जित्ने विश्वास छैन : पेले

ब्राजिलमा एउटै खेलमा १० वटा रातो कार्डको कीर्तिमान

राष्ट्रिय टिमलाई समर्थन गर्न ६० हजार ब्राजिलियनले रुसको टिकट काटे

दबाबमा ब्राजिल, रोक्ला त कोस्टारिकाले ? नाइजेरिया–आइसल्याण्ड र सर्बिया–स्वीटजरल्यान्डको परीक्षा पनि आजै

एक आत्माघाती गोलको बदला मृत्यु

विश्वकप फुटबल अन्तरगत समुह डिको प्रतिस्पर्धामा नाइजेरिया र आइसल्यान्डबीच नेपाली समयअनुसार ८ बजेर ४५ मिनेट जाँदा भिडन्त हुँदैछ । यस समूहमा यी दुई टोलीलाइ कमजोर आँकिएको छ भने क्रोएशिया र अर्जे्न्टिना बलियो मानिएका छन् । क्रोएशियासँग पहिलो खेल गुमाएको नाइजेरिया आज कुनै पनि हालतमा जित निकाल्न चाहन्छ किनकी उसले अन्तिम खेलमा अर्जे्न्टिनाको सामना गर्नुपर्नेछ ।

यसअघि अर्जे्न्टिना विरुद्धको खेलमा पुुरै रक्षात्मक देखिएको आइसल्यान्डले आफ्नो रणनीतिमा सफल हुँदै खेल बराबर गरेको थियो । आजको खेलमा काउन्टर एट्याकमा ध्यान दिदैं महत्वपूर्ण ३ अंक बटुल्ने लक्ष्य आइसल्यान्डको छ । यो खेलमा नाईजेरियाले विश्वकपमा सामेल अरु टिमहरु संग भिडनको लागि आजको खेल जित्न जरुरी रहेको छ । फिफा बरियातामा आइसल्याण्ड बाइसौँ स्थानमा छ भने नाइजेरिया ४८ औँ स्थानमा छ ।

अंक तालिकामा आइसल्याण्ड एक अंकका साथ दोस्रो स्थानमा छ भने नाइजेरिया शुन्य अंकका तालिकको पुछारमा छ । आज हुने अर्को खेलमा सर्बिया बिरुद्ध स्वीटजरल्यान्ड भिडदै छ । आफ्नो पहिलो खेलमा ५ पटकको विजेता ब्राजिल विरुद्ध गोल फर्काएको स्वीटजरल्यान्ड जति उत्साहित छ । कोस्टारिका विरुद्धको सुरुवाती खेल जितेको सर्बिया उत्तिकै आत्मविश्वासका साथ मैदानमा उत्रनेछ । युरोपका यी दुई टोलीबीचको खेल आक्रामक हुने अनुमान लगाइएको छ, किनकी दोस्रो चरणमा पुग्नका लागि दुबै टोली आजको खेल जित्न चाहन्छन् ।

पहिलो खेल जितिसकेको सर्बिया आज विजयी हुनसके सिधैं दोस्रो चरणका लागि छनोट हुनेछ । खेल स्वीटजरल्यान्डले जितेको खण्डमा दोस्रो चरण प्रवेशका लागि उसले अन्तिम खेलसम्म कुर्नुपर्नेछ ।

यो खेल नेपाली समयअनुसार ११ बजेर ४५ मिनेट जाँदा हुनेछ । जितका लागि आजको खेल दुबै टोलीलाई खेल जित्नु पर्ने चुनैती बनेको छ ।

फिफा बरियातामा सर्विया ३४ औँ स्थानमा छ भने छैटौँ स्थानमा रहेको छ । एक एक खेल खेलेका यि दुई टिममध्ये तीन अंकसहित सर्विया अंक तालिकाको पहिलो स्थानमा छ भने स्विजरल्याण्ड एक अंकसहित तेस्रो स्थानमा छ ।


ताजा खबर

Loading...
Loading...
Loading...