देउवा र पौडेलको एकाएक मन मिल्यो, भोलि विशेष भेट !

काठमाडौं, १८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच अहिले मन मिलेको छ ।

स्रोतका अनुसार बरिष्ठ नेता पौडेल अहिले सभापति देउवासँग यसरी नजिकिएका छन् कि मानौं उनीहरुबीच अब आगामी महाधिवेशनसम्म राम्रो गठबन्धन बन्ने देखिन्छ । पार्टीभित्र अन्य नेताहरुले सभापति देउवाविरुद्ध मोर्चावन्दी कसिरहेकै बेला बरिष्ठ नेता पौडेललाई फकाउन देउवा सफल भएका छन् ।

यो बीचमा यी दुई नेताहरुबीच पटक पटक लञ्च तथा डिनर मिटिंगहरु भैरहेका छन् । धेरैजसो नेता पौडेल सभापति देउवाको बुढानिलकण्ठस्थित् निजी निवासमा डिनरको लागि पुगेका छन् ।

सभापति देउवा निकट उच्च स्रोतका अनुसार भोलि यी दुई नेताहरुबीच आगामी दिनमा कसरी अघि बढ्ने र पार्टीलाई कुन ढंगले लैजानेबारे समिक्षा तथा भावी योजना तय गर्ने उद्देश्यले सभापति देउवा र बरिष्ठ नेता पौडेलबीच विशेष भेट हुँदैछ ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...