गोविन्द केसीलाई गलाएरै छोड्ने ओलीको रणनीति !

काठमाडौं, २३ असार । अनशनरत डाक्टर गोविन्द केसीलाई गलाएरै छाड्ने रणनीति सरकारले लिएको छ । स्रोतका अनुसार केसीलाई उपयोग गरेर प्रतिपक्षी दलले सरकारविरुद्ध खेल्न खोजेको आरोप सत्तारुढ दल नेकपाका नेताहरुले ठम्याई छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केसीलाई गलाएरै छाड्ने रणनीति लिएको स्रोतको दाबी छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा समेत यस विषयमा छलफल भएको थियो । आफू निकटका नेता तथा सरकारका मन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले केसीका जायज माँगहरु सम्बोधन गर्न सरकार ईमानदार रहेको सुनाएका थिए ।

केसीले आमरण अनसन बस्दैमा काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउन नसकिने प्रष्ट पारे । जनताले तिरेको करबाट तलब खाने कर्मचारीले आफ्नो काम गर्नु पर्ने भन्दै उनले राजनीतिक गर्ने भए पार्टी प्रवेश गर्न डा. केसीलाई आग्रह समेत गरेका छन् ।

ओलीले काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न रोक लगाउन नसकिने प्रष्ट पारेका छन् ।

आमरण अनसनरत डा. केसी जनताले तिरेको करबाट तलब खाने सरकारी कर्मचारी भएको भन्दै उनले सबै आआफ्नो मर्यादामा बस्नुपर्ने बताएका छन् ।


Loading...
Loading...

धेरैले पढेको

Loading...