मिथुन चक्रवर्तीका छोराको बिवाह स्थगित !

काठमाडौं, २६ असार । बलात्कारको आरोप खेपिरहेका मिथुन चक्रवर्तीका छोरा महाक्षयको बिबाह स्थगित भएकोे छ । टाईम्स अफ इन्डियाका अनुसार तमिलनाडुको एक होटलमा राखिएको बिबाह समारोहमा प्रहरीको अनुुुसन्धान बिभागको टोली पुगेपछि दुलहिपक्षका जन्तिहरु फर्केर घरमा गएका थिए ।

समाचार स्रोतका अनुसार हालै मिथुनका छोरा महाक्षय र योगीता बालीको अदालतमा अग्रीम जमानत दिएका थिए । उनीहरु दुबैमा दुष्र्कमको आरोप लागेको छ ।

बिशेष न्यायधीश आशुतोष कुमारले दुईवटैलाई एक लाख रुपैयाको जमानत जम्मा गर्ने आदेश दिएका थिए । अदालतले उनलाई प्रमाण नष्ट नगर्ने र जरुर परेको समयमा अदालतमा उपस्थित भएर एजेन्सिको अनुसन्धानमा सहयोग गर्ने गरि रिहा गरेको थियो ।

के हो खास घटना ?

भोजपुरी फिल्ममा कामगर्ने एक नायिकाको आरोप अनुुसार मिथुनका छोरा महाक्षयले उनको साथमा अप्रेल २०१५ मा शारिरीक सम्बन्ध राखेका थिए । उनी त्यो समयमा कामको सिलसिलामा उनको घरमा गएकी थिईन । उनीहरुबीच एक पटक शारिरीक सम्बन्ध भएपछि एक अर्काको सम्पर्कमा रहेको र पीडित गर्भवती भएकी थिईन ।

जस्मा महाक्षयले उनको गर्भपतन गर्नको लागि उनलाई औषधि खुवाउन चाहेका थिए । महाक्षयले उनलाई औषधि यसकारण खुवाउन चाहिरहेका थिए कि जसको असर उनको जिन्दगिमा नपरोस भनेर ।

जानकारी अनुसार महाक्षयले उनलाई बेलाबखत बिबाहको आश्वासन पनि दिईराखेका थिए । केही समय पहिले पिडितले बिबाहको ’boutमा सोधपुछ गरेको समयमा महाक्षयले उनको जन्म कुण्डली मागेका थिए ।

समस्याको सामाधानबाट भाग्न खोजेका महाक्षयले उनलाई चिना नमिलेको भनेर उनीसंग बिबाह गर्नबाट टाढिएका थिए । महाक्षयले ६ जुलाईमा आफुनो बिबाह हुन गैरहेको समेत उनलाई जानकारी गराएका थिए ।


Loading...
Loading...

धेरैले पढेको

Loading...