खेलाडीका परिवारलाई आर्थिक सहयोग प्रदान

post-advert

काठमाडौँ, २६ असार । राष्ट्रिय खेलकुद परिषद् राखेपले मृतक दुई कर्मचारीका परिवारलाई सोमबार आर्थिक सहयोग प्रदान गरेको छ ।भारोत्तोलन प्रमुख प्रशिक्षक सुनिललाल जोशीको परिवारलाई दुई लाख ७४ हजार ९६६ तथा बक्सिङ प्रशिक्षक गोपाल राईका परिवारलाई दुई लाख ६५ हजार ८६४ हस्तान्तरण गरिएको छ ।

राखेपमा कार्यरत सम्पूर्ण स्थायी कर्मचारीको एक महिनाको तलबबाट १.५ प्रतिशत कट्टा गरी सहयोग प्रदान गरिएको हो । वरिष्ठ अधिकृतद्वय कमल खनाल र वज्र केसी, राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा तथा महासचिव फणीन्द्र पौडेलले रकम हस्तान्तरण गर्नुभएको थियो । जोशीको यही असार ११ गते तथा राईको गत पुस ३ गते निधन भएको थियो । रासस

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...