फर्कीए प्रेम बहाद्र

काठमाडौँ, २१ साउन । लामो समयदेखी साउदी अरबको जेलमा रहेका प्रेम बहाद्र राई नेपाल फर्कीएका छन।

पीडापछिको खुशी बोकेर इलामको माई नगरपालिका वडा नम्बर ४ का प्रेम बहादुर राई आइतबार नेपाल फर्कीएका हुन । राई दुई वर्ष चार महिना जेल जीवन बिताएर नेपाल फर्कीएका हुन ।

परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासमार्फत कम्पनीले तोकेको बिगो रकम भुक्तान भएपछि राई आइतबार नेपाल फर्कर्न सफर रहेको जनाईएकोे छ । साउदी अरबको समय अनुसार ६ बजे दिल्ली हुँदै ४ः१५ बजे काठमाडौं आईपुगेको प्रेम बचाऊ अभियान मूल समितिले जानकारी गराएको छ ।

राईले चलाएको लरीले बोकेको केबल तार चोरी भएपछि त्यस बापतको क्षतिपूर्ति रकम ३ लाख १० हजार रियाल ९९५ लाख नेपाली रुपैयाँ भुक्तान गर्न कम्पनीले माग गरेको थियो ।पैसा बुझाउन नसक्दा कम्पनीले मुद्धा हालेपछि उनि साउदीको जेलमा कष्टकर जीवन बिताउन बाध्य रहेका थिए ।

Comments

ताजा खबर

Loading...
Loading...
Loading...