Logo

किसानले ६३ लाख अनुदान पाउने



कञ्चनपुर, २५ साउन । कृष्णपुर नगरपालिकाका किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट क्षेत्र र ब्लक उत्पादन कार्यक्रमका लागि रु ६३ लाख अनुदान दिइएको छ ।

आर्थिक वर्ष २०७४÷७५ मा ती कार्यक्रम सञ्चालन गर्न किसानलाई अनुदान उपलब्ध गराइएको हो । किसानलाई ६ वटा धान पकेट कार्यक्रमका लागि रु १६ लाख ५० हजार उपलबध गराइएको छ । दुई पकेट क्षेत्रका लागि रु दुई लाख २५ हजारका दरले तथा चार पकेट क्षेत्रका लागि रु तीन लाखका दरले अनुदान प्रदान गरिएको नगरपालिकाका कृषि शाखाका प्रमुख बिन्दु कँुवरले जानकारी दिएका छन ।

यस्तै तीन तरकारी पकेट क्षेत्रका लागि रु सात लाख ५० हजार अनुदान दिइएको छ । केरा पकेट क्षेत्रका लागि रु तीन लाख तथा तरकारी ब्लकका लागि रु ३३ लाख उपलब्ध गराइएको छ । सो अनुदान रकमबाट किसानले कृषि औजार, बीउबिजन, मलखाद, विषादीलगायत सामग्री खरिद गरेका छन् । “यसले धान, केरा र तरकारीको उत्पादनमा वृद्धि हुनाका सिाथै किसानक आत्मनिर्भर हुनेछन्,” कुँवरले बताए ।

उक्त नगरपालिकामा आव २०७३÷७४ देखि प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट र ब्लक क्षेत्र कार्यक्रम सञ्चालन गरिएको हो । रासस



प्रतिक्रिया दिनुहोस्