संघीयता समाप्त पार्न सरकार नै लागेको मन्त्री यादवको आरोप

काठमाडौं, ३० साउन । उपप्रधान् एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारकै संघीयता धरापमा पर्न लागेको गुनासो पोखेका छन् ।

बुधबार बसेको क्याविनेट बैठकमा मन्त्री यादवले सरकारमा बसेका मन्त्रीहरुको शैली र प्रस्तुतिका कारण संघीयता कार्यान्वयनमा असहजता निम्तिने खतरा रहेको भन्दै आफ्नो असन्तुष्टि पोखेका थिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पछिल्लो समय मन्त्रीहरुको ‘पफर्मेन्स’ चित्त बुझ्दो नभएको भन्दै सबै मन्त्रीहरुलाई हटाउन सक्ने अवस्था आउन सक्नेतर्फ सचेत गराएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई भनेका थिए,‘तपाईहरुले आफ्नो वाचा पूरा गर्नुभएन, सुध्रिनको लागि मैले धेरै मौका दिएको छु ।’


ताजा खबर

Loading...
Loading...
Loading...