सरकारमाथि रामचन्द्र पौडेलको आरोप : विमान खरिदमा ठूलो कमिशन चलखेल

काठमाडौं, ५ भदौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विमान खरिदमा ठूलो कमिशनको चलखेल गरिएको भन्दै सरकारको चर्काे आलोचना समेत गरे ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन । उनले भने, ‘विमान खरिदमा ठूलो धनराशी घोटाला गरेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले अर्काे चुनावमा सत्ता कब्जा गर्ने षडयन्त्र गरिरहेको छ ।

सरकारले गरिव जनताको जीवनमाथि खेलबाड गरिरहेको पनि उनको आरोप छ । उनले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार लोकतन्त्र समाप्त पार्ने खेलमा लागेको गम्भिर आरोप लगाएका छन् ।

उनले भने, वर्तमान सरकारले भ्रष्टाचारलाई संस्थागत गरेर लोकतन्त्र समाप्त पार्न लागि परेको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...