सभापतिको लोभमा रामचन्द्र देउवासँग लम्पसार, कांग्रेसमा भाँडभैलो !

काठमाडौं, ९ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीचको नयाँ मिलन देखेर पौडेल पक्षधर नेताहरु असन्तुष्ट बन्न पुगेका छन् ।

नेता पौडेल सभापति देउवासँग सम्झौता गर्दै अघि बढ्ने पक्षमामात्रै पुगेका छ्रैनन। उनी देउवासँग लम्पसार नै परेको एकथरी नेताहरुको आरोप छ । हुनपनि पछिल्लो समय नेता पौडेल देउवासँग गोप्य सहमति कायम गर्दै अघि बढिरहेका छन् । उनले पार्टीभित्र विभिन्न विभागमा आफ्ना मान्छेहरु भर्ती गर्दै देउवासँग नयाँ समझदारी कायम गर्दै अघि बढिरहेका छन् ।

पौडेल पक्षका एक नेताले आगामी महाधिवेशनमा सभापति पाउने लोभमा नेता पौडेलले अहिले देउवासँग सम्झौता गरिसकेकोसम्म आरोप लगाएका छन् । नेता पौडेलले देउवासँग सम्झौता गरेको सुईंको पाएपछि कोइराला परिवारमासमेत ठूलै भुईंचालो गएको छ । त्यसको असर हालै महामन्त्री डा. शशांक कोइराला र केन्द्रिय सदस्य डा. शेखर कोइराला दाजुभाईबीचको फोटो बाहिरिएसँगै कोइराला परिवारमासमेत परेको प्रष्टै हुन्छ ।

आगामी महाधिवेशनमा कोइराला दाजुभाईमध्ये एकजना मैदानमा उत्रिनेसम्मको पूर्व घोषणा उनीहरुले गरिसकेका छन् । यसमा नेतृ सुजाता कोइरालाले समेत साथ दिएकी छिन् । नेता शेखर त अहिले यही उद्देश्यले देश दौडाहामा छन् ।


ताजा खबर

Loading...
Loading...
Loading...