डिसेम्बरमा अपाङ्गका लागि विशेष सम्मेलन हुँदै, यस्तो छ कार्यक्रमको विशेषता

भदौ ९, काठमाण्डौ । एक्सिसेबल आर्टस एण्ड कल्चर एसिसिएसीले डिसेम्बरमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । काठमाण्डौको होटल याक एण्ड यतिमा डिसेम्बर ११ देखि १४ तारिखसम्म हुने कार्यक्रममा सम्मेलनका साथै सांस्कृतिक कार्यक्रमसमेत गरिने छ ।

फिनल्याण्डको संस्था एसिसिएसीको शाखाको रुपमा रहेको नेपालको कार्यालयले कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमको प्रमुख उद्देश्य शरीरले अपाङ्ग होइन, मनले हुनेरहेछ भन्ने कुरा पुष्टी गराउनु रहेको छ ।

कार्यक्रमबारे शनिवार एक अन्तरक्रियाको कार्यक्रम गरी जानकारी दिइएको हो । कार्यक्रमको संयोजक वरिष्ठ वास्तु विज्ञ श्यामबाबु आचार्य (गर्गाचार्य) ले गर्ने भएका छन् ।

कार्यक्रम संयोजक वरिष्ठ वास्तु विज्ञ श्यामबाबु आचार्य (गर्गाचार्य)

अन्तरक्रियामा बोल्दै आचार्यले फिनल्याण्डको उदाहरण हेरेर नेपालमा पनि अपाङ्गता भएका नागरिकलाई सक्षम बनाउनका लागि कार्यक्रम गर्न लागिएको बताए ।

“कार्यक्रमको मुख्य उद्देश्य भनेको अपाङ्गलाई पनि सपाङ्ग सरह सक्षम बनाउनु हो । फिनल्याण्डको उदाहरणबाट सिकेर नेपालका अपाङ्गहरुलाई पनि हरेक कुरामा सक्षम बनाउने हाम्रा चाहना हो ।” आचार्यले भने ।

फिनल्याण्डमा अपाङ्गका लागि जति सहज अवस्था छ, त्यति सहज त नेपालमा सपाङ्गलाई पनि नभएको उनले बताए । केही समयअघि वास्तुसम्बन्धी कार्यक्रमका लािग फिनल्याण्ड पुगेका आचार्यले त्यहाँ अपाङ्गलाई गरिने व्यवहार र दिइएको सुविधा अद्भूत रहेको बताए ।

अन्तर्राष्ट्रिय सम्मेलनले सरकारको पनि आँखा खुलाओस भन्ने आफूहरुको चाहना रहेको अचार्यले बताए ।

सम्मेलनका लागि अहिलेदेखि नै तयारी सुरु गरिएको अन्तक्रियामा जानकारी गराइएको थियो । कार्यक्रममा फिनल्याण्डबाट पनि उच्चस्तरीय अतिथी आउने पक्का भइसकेको दावी गरिएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै एसिसिएसी नेपालका अध्यक्ष शुशील फुँयालले सम्मेलनमा सातै प्रदेशका संस्कृतिक प्रदर्शनसमेत गरिने जानकारी दिए ।

कार्यक्रमबारे विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...