कञ्चनपुर घटनामा घुसपैठ भएकै हो, अब नदोहोरियोस् : भिम रावल

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भिम रावलले कञ्चनपुर घटनामा पछाडीबाट उक्साउने काम भएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा बोल्दै रावलले निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न माग गर्दै भइरहेको आन्दोलनलाई घुसपैठ गरी भड्काउने कार्य भएको दाबी गरेका हन् । आन्दोलनकारीलाई उकास्ने, भड्काउने कार्य भएको र अपराधीलाई कानुनी दायरमा ल्याउन असहज बनाउने कार्य भएको भन्दै सवै राजनीतिक दलहरुले यसमा सचेत हुनुपर्ने जिकिर गरे ।

आगामी दिनमा यस्तो घटना नदोरियोस् भन्दै रावलले सरकारको ध्यानाकार्षण गराए । स्वर्गीय जननेता मदन भण्डारीको हत्या भएको समयमा सडकमा उत्रेका एमाले कार्यकर्तामाथि गोली प्रहार भएको घटना सम्झाउँदै उनले आजसम्म यस्ता कुराको सामाना गर्दै आएको टिप्पणी गरे ।

नेता रावलले केही दिन अघि निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै भएको आन्दोलनबारे दिएको अभिव्यक्ति विवादित बनेको थियो ।


ताजा खबर

Loading...
Loading...
Loading...