श्रीकृष्ण जन्माष्टमी इस्कोन नेपालले भव्य मनाउँदै, बुढानिलकण्ठमा १० लाख दर्शनार्थी !

भदौ १६, काठमाडौँ । हरिनाम संकीर्तनको माध्यमबाट मानवीय चेतनाको क्रान्तिका लागि श्रील् एसी भतिmवेदान्त स्वामी प्रभुपादले स्थापना गरेको अन्तराष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन)ले भगवान श्रीकृष्णको जन्मोत्सव विश्वभरि हर्षोल्लासका साथ मनाउँदै छ ।
अमेरिका, बेलायत, रसिया लगायत विश्वभर रहेका ६ सय ३० बढि केन्द्रमा इस्कोनले धूमधामका साथ श्रीकृष्ण जेन्मोत्सव मनाउँन लागेको हो ।

इस्कोनको नेपालस्थित मुख्यालय बुढानीलकण्ठ, हरेकृष्णधाममा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
इस्कोन नेपालका अन्य केन्द्रहरू, पोखरा, धरान, विराटनगर लगायत देशैभरीका केन्द्रमा विविध कार्यक्रम हुँदैछन् । आइतबार परेको जन्माष्टमीको लागि इस्कोनले केही महिनाअघि देखिनै विशेष तयारी थालेको थियो ।

आध्यात्मिक महत्व बोकेको श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरका हरेकृष्ण धाम बुढानिलकण्ठमा विविध सांस्कृतिक तथा आध्यात्मिक कार्यक्रम राखिएका छन् । बुढानिलकण्ठस्थित विष्णुमतीको काखमा अवस्थित इस्कोन मन्दिर सिँगारिएको छ ।

दर्शनार्थीका लागि सवै व्यवस्था मिलाइएको छ । नेपालकै दोस्रो ठुलो कृष्ण मन्दीरका रुपमा रहेको हरेकृष्ण धाम बुढानिलकण्डमा विगतझै यसपालि पनि १० औं लाख दर्शनार्थी सहभागी हुने आयोजकको अुनमान छ । दिव्य दिनमा आयोजित कार्यक्रममा सहभागिता जनाउन इस्कोन नेपालले सम्पूर्णमा निमन्त्रणा गरेको छ ।

प्रेमावतार भगवान चैतन्य महाप्रभुले आज भन्दा ५ सय बर्ष अगाडि थालेको हरिनाम संकीर्तन अभियान अर्थात ‘हरेकृष्ण आन्दोलन’ सन् १९६६ जुलाई १३ मा श्रील प्रभुपादले अमेरिकाबाट सुरु गरेका थिए ।

पश्चिमा देशमा त्यसपछि फैलिएको इस्कोनमा हाल लाखौ मानिस संलग्न छन् । श्रील प्रभुपादको यो आन्दोलनबाट पछिल्लो समय लाखौ मानिसहरु लाभान्वित भएका छन् । सनातन संस्कृतिको रस अनि अदभूत पुस्तक भगवद्गीताको रसास्वादन पछि भौतिक सुख सुविधा छोडि कैयन ‘हिप्पी’ ‘ह्याप्पी’ बनेका थिए ।

मानवजातिको उत्थानका लागि शास्त्रहरूको निचोड, कलियुगको विशेष उपहार ‘हरेकृष्ण’ महामन्त्र जप्दै, इस्कोन सदस्यहरू भजन, कीर्तन गर्ने गर्दछन् । १६ अक्षरको हरेकृष्ण मन्त्र ‘हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे यो मन्त्र जप्नुस् र खुशी हुनुस् भन्ने इस्कोनको स्लोगननै रहेको छ ।

संसारकै उत्कृष्ट पुस्तक भगवद्गीताको ज्ञान प्रचारप्रसारबाट इस्कोन नेपाल पछिल्लो समय युवाहरूको आकर्षणको केन्द्र बनेको छ । सनातन ज्ञानको वैज्ञानिकी प्रस्तुतिले इस्कोन धेरै युवा विद्यार्थीको केन्द्र बनेको हो ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...
    यो पनि पढ्नुहोस्