सरकारले प्रचण्ड बहुमतको अपमान गर्यो : चन्द्र भण्डारी

काठमाडौं, १९ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सरकारले दुई तिहाईको अपमान गरेको बताएका छन्।

भण्डारीले दुई तिहाईको प्रचण्ड वहुमत हुँदा पनि सरकारले विकास निर्माण र समृद्धीको गती बढाउन नसकेको उल्लेख गर्दै सरकार अनावश्यक मुद्धामा अल्झिरहेको गुनासो सामाजिक सञ्जाल फेशबुकमार्फत पोखेका छन् ।

मुलुकी संहिताको नाममा सञ्चारकर्मी र चिकित्सकहरुलाई कस्ने व्यवस्थाको विरोध गर्दै भण्डारीले त्यसलाई तत्काल सच्याउन पहल गर्न सरकारसँग माग गरे।

सरकारको ध्यान राष्ट्रिय मुद्धालाई उठाएर जनताको पक्षमा रहेकाहरुको विरुद्ध देखिएको तर राष्ट्र विकासमा बाधक रहेका भष्ट्रहरुतिर नदेखिदा सरकारले दुइ तिहाइको अपमान गरेको भण्डारीले बताए।

उनले पोष्ट गरेको स्टाटसमा भनिएको छ,‘समाजमा चारैतिर बेथिति छ । राष्ट्रनिर्माणको बल भन्दा धननिर्मार्णको बल बलियो देखिन्छ। राष्ट्रनिर्माण भन्दा व्यक्ति र परिवारनिर्माण प्राथमिकतामा पर्नु दुस्खद हो। आजको समयमा त यसले विगतका सबै रेकर्ड नै ब्रेक गरेको मलाई लाग्छ। निर्माण कम्पनीहरुलाइ क्षमता नहेरी केवल राज्यलाई दहन गर्न सडक पुल भवन विद्युत बनाउन दिदा देशले विकासको गतीलाई अगाडी बडाउन सकेन । तर सरकार अन्य क्षेत्र तिर झगडा बडाउदैछ ?’


ताजा खबर

Loading...
Loading...
Loading...