Logo

विजेता खेलाडीलाई एक लाख पुरस्कार



पोखरा । गण्डकी प्रदेशले इण्डानेशियामा हालै सम्पन्न एशियाड खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङ खेलमा नेपाललाई रजत पदक दिलाउने पोखराका पाँचजना खेलाडीसहित तीन प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने भएको छ ।

गण्डकी प्रदेशको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक खेलाडीलाई रु एक–एक लाख र प्रशिक्षकलाई रु २५–२५ हजार पुरस्कारस्वरुप प्रदान गरिने भौतिक पूर्वाधार विकासमन्त्री एवम् सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी गराएका छन ।

पुरस्कृत हुने खेलाडीमा बिमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा छन् भने प्रशिक्षक योगश भट्टराई, सानोबाबु सुनुवार र सहप्रशिक्षक शैलेन्द्र राउत रहनुभएको छ ।

साथै सोही बैठकले सरकारको कार्यक्रम र जनताको सुझावलाई मध्यनजर गर्दै ‘हेल्लो मुख्यमन्त्री कार्यक्रम’ सञ्चालन निर्देशिका स्वीकृत गर्नाका साथै कर्मचारी तथा भौतिक पूर्वाधार व्यवस्थापनमा सरकार गम्भीर रहेको प्रवक्ता बस्नेतले बताए ।



प्रतिक्रिया दिनुहोस्