पत्रकार बस्नेतलाई रिहाई गर्न रिपोर्टर्स क्लबको माग

post-advert

काठमाडौं, २८ भदौ । रिपोर्टर्स क्लब नेपालले समाचार लेखेकै भरमा पक्राउ गरिएका खोजतलास साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतलाई अविलम्ब रिहाई गर्न माग गरेको छ ।

बिहीबार क्लबका सभापति ऋषि धमलाको नाममा एक विज्ञप्त जारी गर्दै यस्तो माग गरिएको छ । जारी विज्ञप्तीमा भनिएको छ,‘ नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सभासद् एवम् खोजतलास साप्ताहिक एवम् खोजतलास डटकमका प्रधानसम्पादक राजु बस्नेतलाई अदालतको आदेश भन्दै प्रहरीले पक्राउ गरेको घट्नाप्रति रिपोर्टर्स क्लब नेपाल घोर आपत्ति प्रकट गर्दै उक्त घट्नाप्रति हाम्रो ध्यानाकार्षण भएको छ ।’

त्यस्तै क्लबले समाचारको विषयमा परेका उजुरी हेर्ने आधिकारिक निकाय प्रेस काउन्सिल हुँदाहुँदैपनि काउन्सिलले छानबिन गर्नुपर्ने विषयलाई बेवास्ता गर्दै प्रहरी प्रशासनले पत्रकारलाई यसरी पक्राउ गर्नु आपत्ति जनाएको छ ।

विज्ञप्तीमा थप भनिएको छ,‘रिपोर्टर्स क्लबे पत्रकार बस्नेतलाई पक्राउ गर्ने प्रहरीको कदमप्रति घोर निन्दा गर्दै अविलम्ब रिहाईको माग गर्दछ । प्रेस स्वतन्त्रता विरुद्ध प्रहरी प्रशासनबाट हुने यस्ता खाले हर्कतहरु आगामी दिनमा नदोहोर्याउनपनि क्लब अनुरोध गर्दछ ।’

                                                                              प्रेस वक्तव्यको पूर्णपाठ 

 

रिपोर्टर्स क्लब नेपाल
मिति : २०७५।०५।२८

प्रेस विज्ञप्ती
नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सभासद् एवम् खोजतलास साप्ताहिक एवम् खोजतलास डटकमका प्रधानसम्पादक राजु बस्नेतलाई अदालतको आदेश भन्दै प्रहरीले पक्राउ गरेको घट्नाप्रति रिपोर्टर्स क्लब नेपाल घोर आपत्ति प्रकट गर्दै उक्त घट्नाप्रति हाम्रो ध्यानाकार्षण भएको छ ।

पत्रकार बस्नेतलाई समाचारको विषयलाई लिएर विद्युतीय कारोवार–ऐन अन्तर्गतको मुद्दामा अनुशन्धान गर्न भनी प्रहरीले ललितपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको घट्नाले क्लबलाई दुःखिद् तुल्याएको छ । समाचार लेखेकै भरमा पत्रकारलाई यसरी पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप, र लोकतन्त्र र सुशासनविरुद्धको कदम भएको हाम्रो ठहर छ ।

समाचारको विषयमा परेका उजुरी हेर्ने आधिकारिक निकाय प्रेस काउन्सिल हुँदाहुँदैपनि काउन्सिलले छानबिन गर्नुपर्ने विषयलाई बेवास्ता गर्दै प्रहरी प्रशासनले पत्रकारलाई यसरी पक्राउ गर्नु आपत्तिजनक छ । रिपोर्टर्स क्लबे पत्रकार बस्नेतलाई पक्राउ गर्ने प्रहरीको कदमप्रति घोर निन्दा गर्दै अविलम्ब रिहाईको माग गर्दछ । प्रेस स्वतन्त्रता विरुद्ध प्रहरी प्रशासनबाट हुने यस्ता खाले हर्कतहरु आगामी दिनमा नदोहोर्याउनपनि क्लब अनुरोध गर्दछ ।

सभापति
ऋषि धमला

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...