कानूनमन्त्री भण्डारीद्वारा कारागार अवलोकन

सुर्खेत । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सुर्खेत कारागार अवलोकन गरेका छन ।बिहीबार अपरान्ह् ४ः०० बजे कारागार पुगेर उनले भौतिक संरचना, कैदीबन्दीको निरीक्षण, सीपमूलक तालीम अवलोकन गर्नुका साथै त्यहाँ रहेका कैदीबन्दीहरुका गुनासासमेत सुनेका थिए ।

कारागारलाई सुधारगृहका रूपमा विकास गरिने, कैदी बन्दीलाई सीपमूलक तालीम दिइने र कारागारबाट रुपान्तरित जीवन जिउने कला सिकाइने मन्त्री भण्डारीले बताएका थिए ।

मन्त्री भण्डारीलाई कैदीबन्दीले भौतिक संरचनाको जीर्णोद्वार हुन नसकेको, खानेपानीको समस्या भएको, शौचालय थोरै भएको, कानूनी उपचार गर्ने वकिलको अभाव भएकोजस्ता गुनासो गरेका थिए ।

करीब २०० कैदीबन्दी रहेको उक्त कारागारको मर्मत र अन्य व्यवस्थापनका लागि रु २२ लाख बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

कारागार अवलोकनमा मन्त्री भण्डारीसहित आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केशवप्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, प्रहरी उपरीक्षक वसन्त रजौरेलगायत गृह प्रशासनका अधिकारीको उपस्थिति थियो ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...