Logo

निर्मला पन्तका आमा–बुवालाई प्रधानमन्त्रीले नभेट्ने !



काठमाडौं, २९ भदौ । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका आमा–बुवा न्याय माग्दै काठमाडौं आएका छन् । हत्या भएको ४८ दिनसम्मपनि न्याय नपाएपछि उनीहरु बाध्य भएर केही अधिकारकर्मीहरुसहित काठमाडौं आएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै निर्मलाका बुवा–आमाले न्यायका लागि विलौना गर्ने चाहना राखेका छन् । हिजो रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा पनि निर्मलाका आमा–बुवाले छोरीको न्यायका लागि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै आफ्ना कुराहरु राख्ने बताएका थिए ।

सोही अनुसार उनीहरुले हिजो विलौना गरेका थिए । तर, प्रधानमन्त्रीले आज उनीहरुलाई भेट्न नसक्ने सन्देश पठाएको स्रोतको दाबी छ । प्रधानमन्त्रीको आजको सेड्युलमा पार्टीको आन्तरिक बैठकदेखि अपरान्ह मन्त्रिपरिषद बैठक परेकोले आज निर्मलाका आमा–बुवालाई भेट्न नसक्ने बालुवाटार स्रोत बतायो ।



प्रतिक्रिया दिनुहोस्