विम्स्टेक संयुक्त सैन्य अभ्यासबाट ओली किन ब्याक भए ?

काठमाडौं, २९ भदौ । भारतमा सुरु भएको विम्स्टेक राष्ट्रहरुबीचको संयुक्त सैन्य अभ्यासमा नेपालले भाग नलिएपछि भारत चिढिएको छ । सैन्य अभ्यासमा सहभागी नहुने नेपालको निर्णयबाट भारत असन्तुष्टमात्रै बनेन, पुरै संशिकत बनेको भारतीय सूत्रले जनाएको छ ।

आफ्नै देशमा भएको विम्स्टेक चौथो शिखर सम्मेलनमा सैन्य अभ्यासमा सहभागी हुने प्रतिवद्धता जनाएर अन्तिम घडिमा नेपाल पछि हटेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीपनि नेपाल सरकारसँग रुष्ट छन् । भारतको पुणेमा शुरु भएको अभ्यासमा विम्स्टेकका सदस्य राष्ट्रका सैनिक अधिकारी सहभागी छन् उक्त अभ्यासमा नेपालबाट भने पर्येवेक्षणको रूपमा मात्र सहभागिता जनाईएको छ ।

विम्स्टेक सदस्य राष्ट्रहरुबीच आतंकवादविरुद्ध लड्ने प्रतिबद्धता अनुसार नै भारतीय प्रधानमन्त्री मोदीले संयुक्त सैन्य अभ्यासको प्रस्ताव गरेका थिए । सुरुमा ओलीले सहभागी जनाउने ‘ग्रिन–सिग्नल’ दिएका थिए । तर, अन्तिममा आएर नेपालले भाग नलिने निर्णय गरेपछि अहिले ओली र मोदीबीचको सम्बन्धका बारेमा समेत चर्चा तथा परिचर्चा सुरु भएको छ ।

नेपालले शुक्रबार सैन्य अभ्यासमा सहभागी नहुने भनेर दिएको जानकारीले भारत र क्षेत्रीय समूहलाई लाजमर्दो अवस्थामा पु¥याएको भारतीय पक्षको दाबी छ ।

नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा धेरै राम्रा कामहरु भैरहेका बेला नेपालले यस्तो कदम चाल्दा सम्बन्धमा विश्वास उत्पन्न हुने त होईन भन्ने पनि प्रश्न यतिवेला उब्जिएको भारतीय पक्षको गुनासो छ ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...