नेपालद्वारा भारत ‘ए’ १५७ रनको चुनौती

काठमाडौँ । भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालको यू–१९ टोलीले भारतको यू–१९ ‘ए’ लाई १५७ रनको चुनौती दिएको छ ।

लखनउस्थित एकाना क्रिकेट रङ्गशालामा टस जितेर नेपालले ब्याटिङ गर्दै ४५ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १५६ रन बनायो । नेपालका लागि सन्दिप जोराले सर्वाधिक ६६ रन बनाए । उनले ९३ बल खेल्दै एक छक्का र पाँच चौका हाने । तृतराज दासले ४६ तथा भीम सार्कीले २८ रन बनाए । बलिङतर्फ भारतका वाईडी मङ्गवानी र अजयदेव गौडले चार÷चार विकेट लिए ।

यसअघि बुधबार पहिलो खेलमा नेपाली टोली भारतको यू–१९ ‘बी’सँग ४० रनले पराजित भएको थियो । प्रतियोगितामा भारतको यू–१९ ‘ए’ र ‘बी’ तथा नेपाल र अफगानिस्तानको यू–१९ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...